Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

मंसिर २२ देखि दोश्रो एनआरएनए इलाम गोल्डकप

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ११,मंगलवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

इलाम। एनआरएनए इलाम गोल्डकपको दोश्रो संस्करण आगामी मंसिर २२ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक रेडहर्स फुटवल क्लब इलामले आज पत्रकार सम्मेलन गरि प्रतियोगिताको जानकारी गराएको हो ।

गतबर्षदेखि शुरु भएको एनआरएनए इलाम गोल्डकप प्रतियोगिताको दोश्रो संस्करण मंसिर २२ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा संकटा, त्रिभुवन आर्मी, चर्च बोइज युनाइटेड, एनआरटी, जिटिए दार्जिलिङ, रेडस्टार झापा, मच्छिन्द्र र आयोजक रेडहर्सले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका सदस्य निरोज खड्गीले जानकारी दिनुभयो ।

प्रतियोगिताको प्रथम पुरस्कार १० लाख रुपैयाँ र दोश्रो पुरस्कार ५ लाख रुपैयाँ रहेको छ ।प्रतियोगिताका लागि इलाम नगरपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको छ भने तारा रोजु सापकोटा च्यारिटेवल ट्रष्टले दोश्रो पुरस्कारका लागि रु ५ लाख उपलब्ध गराएका छन् ।

प्रतियोगिता सम्पन्न गर्दासम्म कुल ९० लाख खर्च हुने आयोजकले अनुमानित बजेट बनाएको संस्थाका सचिव प्रकाश घिमिरेले बताउनु भयो ।सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई नगद रु ११ हजार रुपैयाँले पुरस्कृत गरिने तथा म्यान अफ द म्याचलाई रु ७ हजार पाँचसय रुपैयाँले पुरस्कृत गरिनेछ। पत्रकार सम्मेलनमै आयोजक संस्था रेडहर्स फुटबल क्लबका अध्यक्ष सांगे येल्मुले ‘इलाम गोल्डकप स्पोर्ट्स जर्नालिजम अवार्ड’को घोषणा समेत गर्नुभएको छ ।

जुन अवार्ड इलामको खेलक्षेत्रमा योगदान पु¥याउने सञ्चारकर्मीलाई सो अवार्ड प्रदान गरिने आयोजकले बताएको छ । अघिल्लो संस्करणमा उपाधि न्युरोड टिम एनआरटीले जितेको थियो । विजेताले नगद ५ लाख र उपविजेता विर्तामोड युनाइटेडले ३ लाख नगद पुरस्कार प्राप्त गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८१ मंसिर ११,मंगलवार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८१ मंसिर ११,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद