Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

आविष्कार केन्द्रका वैज्ञानिकले गर्दैछन् कारखाना परिसरमा बाख्रापालन

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ६,बिहीबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — वैज्ञानिकहरूले बाख्रापालन गरिरहेका छन् भन्दा अचम्म लाग्न सक्छ । तर यो यथार्थ हो । वीरगन्जको कृषि औजार कारखानालाई नयाँ जीवन दिन अहोरात्र खटिरहेका आविष्कार केन्द्रका इन्जिनियर र प्राविधिकहरुले कारखाना परिसरमा बाख्रापालन गरिरहेका हुन् ।

बरू उनीहरू कृषि औजार कारखाना चलाउन असफल भएर बाख्रापालनमा लागेका भने होइनन् । तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखाना सन्चालन गरी रहेको राष्ट्रिय आविष्कार केन्द्रले कारखाना परिसरमा अहिले ४२ वटा बाख्रा पालेको छ । केन्द्र वीरगन्ज कार्यालय प्रमुख एवम् इन्जिनियर रितेश देवका अनुसार, १ वर्षअघि देखि कारखाना परिसरमा यसरी बाख्रा पाल्न थलिएको हो ।

‘१ वर्ष अघि निजगढबाट उन्नत जातका खसी, बोका र बाख्रा ल्याएर पाल्न थालेका हौं,’ उनले भने, ‘कारखाना परिसरमा प्रशस्त हरियाली रहेको छ, बिहान देखि साँझ सम्म मज्जाले चर्छन र अघाउछन् पनि ।’

चारैतिरबाट पर्खालले घेरिएकाले बाख्राको खासै गोठालो पनि लाग्नु नपर्ने उनले बताए । यसरी कारखाना परिसरमा रहेको हरिया रुख बिरुवा र झारपात खाएर बाख्रा सहजै चर्ने र सरसफाइको काम पनि हुने उनले बताए । बिस्तारै बाख्राको संख्या वृद्धि हुँदै गएको र बेलाबेलामा बिक्री गरेर आम्दानी समेत गर्न थालिएको इन्जिनियर देव बताउँछन् ।

‘बाख्रा पालनबाट केन्द्रको पुँजी वृद्धि समेत हुँदै जाने छ,’ उनले भने, ‘केन्द्रका अध्यक्ष महावीर पुनले पनि कुनै समय बिभिन्न संघ संस्थाहरु सन्चालनको जिम्मेवारी बहन गर्दा पशुपालन गरेर आयआर्जनको प्रयास गरेकाले हामी उहाँबाट पनि प्रेरित भएका हौं ।’

क्ष्त्एँ
क्गलचष्कभ दबलप

हाल कारखानाको रंगरोगनको काम पनि केन्द्रले सम्पन्न गरेको छ । २०२४ सालमा तत्कालीन राजा महेन्द्रले शिलान्यास गरी सन्चालनमा आएको कृषि औजार कारखाना २०४६ सालको परीवर्तनपछि रुग्ण अवस्थामा गएपछि २०४९ सालमा बन्द गरिएको थियो । नेपाल सरकारले वाचा गरे अनुसार कारखाना सन्चालन गर्न २० करोड रुपैयाँ नदिएको गुनासो गर्दै केन्द्रका सन्चालक वैज्ञानिक महावीर पुन आफ्नै आत्मकथा संग्रहित पुस्तक बेचेर १० करोड रुपैयाँ जोहो गरिसकेका छन् ।

कारखानामा धान काट्ने मेशिन रिपर र धान झार्ने मेशिन थ्रेसरको व्यावसायिक उत्पादन गर्ने योजना सहित हाल काम भइरहेको छ । त्यसका लागि कारखानामा सिएनसी लेजर सिट कटिङ मेशिन पनि खरिद गरेर जडान गरी प्रयोगमा ल्याइसकेको छ ।

केन्द्रले हालसम्म कारखानामा धान काट्ने रिपर, आलु खन्ने डिगर, आलु रोप्ने प्लान्टर, धान रोप्ने राइस प्लान्टर, गोबर पेल्ने डङग डिवाटरिङ, प्लाष्टिक बनाउने मल्चर, सुख्खा घाँस काट्ने , धान गोड्ने, खन्ने आदि काम गर्ने विडर मेशिनको सफल परीक्षण उत्पादन गरी सकेको छ । यसका साथै कुटो,कोदालो, चाप कटर आदि ससाना कृषि उपकरण पनि उत्पादन गरी सकेको छ ।

२०७९ माघ १ देखि केन्द्रले नेपाल सरकारबाट यो कारखाना आफ्नो जिम्मामा लिई सन्चालन गरी रहेको छ । कारखाना सन्चालनमा हाल सम्म केन्द्रले ३ करोड रुपैयाँ खर्च गरी सकेको छ । यहाँ हाल २५ जनशक्ति कार्यरत छन् । तीनमा ७ मेकानिकलरइण्डष्ट्रियलरइलेक्ट्रिकल इन्जिनियर, १ मेकानिकल ओवरसियर र बाँकी फेब्रिकेटर टेक्निसियन रहेका छन् । सभार कान्तिपुर, शंकर आचार्य

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा
राजनिती

चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा

प्रकाशित : २०८१ मंसिर ६,बिहीबार
वीरगन्जमा एमालेको शक्ति प्रदर्शन, नेता–कार्यकर्ता एकताले पर्सामा जित नजिकिएको दाबी
मुख्य समाचार

वीरगन्जमा एमालेको शक्ति प्रदर्शन, नेता–कार्यकर्ता एकताले पर्सामा जित नजिकिएको दाबी

प्रकाशित : २०८१ मंसिर ६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद