Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

शिक्षालाई केवल प्रमाणपत्र नभई आफूभित्रको नेतृत्व क्षमतामा ध्यान दिनुपर्छ – सङ्घीय खानेपानी मन्त्री यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ११,आईतवार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ११ कात्तिक । सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवले शिक्षालाई केवल प्रमाणपत्र नभई जीवन बुझ्ने र समाधान खोज्ने सीपको रूपमा लिनुपर्ने बताउनुभएको छ ।

आइतबार वीरगञ्जस्थित ओम नेशनल एकेडेमीद्वारा आयोजित कक्षा ११ का विद्यार्थीहरूको स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले विद्यार्थीहरूलाई अनुशासन, मेहनत र आत्मविश्वासका साथ आफ्नो लक्ष्य हासिल गर्न प्रेरित गर्नुहुँदै शिक्षालाई केवल प्रमाणपत्र नभई जीवन बुझ्ने र समाधान खोज्ने सीपको रूपमा लिनुपर्ने बताउनु भएको हो । “विद्यार्थी जीवनमा आफूभित्रको नेतृत्व क्षमता र सृजनशीलता विकास गर्न विशेष ध्यान दिनुपर्छ,” मन्त्री यादवले भन्नुभयो ।

उहाँले विद्यार्थीहरूलाई शुभकामना दिँदै विद्यालयले दिएको ज्ञान र जीवन पाठले आगामी जीवनको हरेक मोडमा मार्गदर्शन रूपमा प्रयोग गर्न आग्रह गर्नुहुँदै चुनौतीहरूको सामना गर्दै देश र समाजको सेवा गर्ने सोच राख्न सुझाव दिनुभयो ।

मन्त्री यादवले विदेशमा मात्रै अवसर नखोजेर देशमै केही नयाँ गर्न युवाहरूले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो । “तपाईँहरूको सोच र मेहनतले देशको भविष्य निर्माणमा ठूलो योगदान पुर्‍याउन सक्छ,” उहाँले भन्नुभयो ।

जनता समाजवादी पार्टी ९जसपा० का उपमहासचिव समेत रहनुभएका मन्त्री यादवले विद्यालय र अभिभावकहरूको योगदानप्रति आभार प्रकट गर्नुहुँदै विद्यार्थीहरूलाई सफल शैक्षिक यात्रा तय गर्न शुभकामना पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा वीरगञ्जका मेयर राजेशमान सिंहले विद्यालय र अभिभावकहरूको योगदानको प्रशंसा गर्दै विद्यार्थीहरूलाई आफ्नो अध्ययनसँगै समाजप्रति जिम्मेवार हुन र नेतृत्वको भूमिकामा सहभागी हुन प्रेरित गर्नुभयो ।

कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षकहरू र अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ कार्तिक ११,आईतवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ कार्तिक ११,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद