Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

शिक्षालाई केवल प्रमाणपत्र नभई आफूभित्रको नेतृत्व क्षमतामा ध्यान दिनुपर्छ – सङ्घीय खानेपानी मन्त्री यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ११,आईतवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ११ कात्तिक । सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवले शिक्षालाई केवल प्रमाणपत्र नभई जीवन बुझ्ने र समाधान खोज्ने सीपको रूपमा लिनुपर्ने बताउनुभएको छ ।

आइतबार वीरगञ्जस्थित ओम नेशनल एकेडेमीद्वारा आयोजित कक्षा ११ का विद्यार्थीहरूको स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले विद्यार्थीहरूलाई अनुशासन, मेहनत र आत्मविश्वासका साथ आफ्नो लक्ष्य हासिल गर्न प्रेरित गर्नुहुँदै शिक्षालाई केवल प्रमाणपत्र नभई जीवन बुझ्ने र समाधान खोज्ने सीपको रूपमा लिनुपर्ने बताउनु भएको हो । “विद्यार्थी जीवनमा आफूभित्रको नेतृत्व क्षमता र सृजनशीलता विकास गर्न विशेष ध्यान दिनुपर्छ,” मन्त्री यादवले भन्नुभयो ।

उहाँले विद्यार्थीहरूलाई शुभकामना दिँदै विद्यालयले दिएको ज्ञान र जीवन पाठले आगामी जीवनको हरेक मोडमा मार्गदर्शन रूपमा प्रयोग गर्न आग्रह गर्नुहुँदै चुनौतीहरूको सामना गर्दै देश र समाजको सेवा गर्ने सोच राख्न सुझाव दिनुभयो ।

मन्त्री यादवले विदेशमा मात्रै अवसर नखोजेर देशमै केही नयाँ गर्न युवाहरूले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो । “तपाईँहरूको सोच र मेहनतले देशको भविष्य निर्माणमा ठूलो योगदान पुर्‍याउन सक्छ,” उहाँले भन्नुभयो ।

जनता समाजवादी पार्टी ९जसपा० का उपमहासचिव समेत रहनुभएका मन्त्री यादवले विद्यालय र अभिभावकहरूको योगदानप्रति आभार प्रकट गर्नुहुँदै विद्यार्थीहरूलाई सफल शैक्षिक यात्रा तय गर्न शुभकामना पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा वीरगञ्जका मेयर राजेशमान सिंहले विद्यालय र अभिभावकहरूको योगदानको प्रशंसा गर्दै विद्यार्थीहरूलाई आफ्नो अध्ययनसँगै समाजप्रति जिम्मेवार हुन र नेतृत्वको भूमिकामा सहभागी हुन प्रेरित गर्नुभयो ।

कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षकहरू र अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०८१ कार्तिक ११,आईतवार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०८१ कार्तिक ११,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद