Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home कृषि

दसैँमा सात गुणाभन्दा बढी खसीबोकाको मासु खपत

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन २१,सोमबार
A A
file photo

file photo

2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

कास्की, असोज २१ गते । अरूबेला मासु नखाए पनि दसैँमा ऋण काढेरै पनि मासु खाने चलन अहिले पनि छ । त्यसैले पनि यो समयमा अरूबेलाको भन्दा धेरै गुणा बढी मासुको खपत हुने गर्दछ । सहरमा मात्र नभई गाउँघरमा पनि मासुको खपत धेरै हुने गर्दछ । दसैँका बेलामा सामान्य समयमा भन्दा ५र७ गुणा बढी मासु खपत हुने मासु व्यवसायी बताउँछन् ।

दसैँमा धार्मिक आस्थाका कारण कुखुरा, हाँस, बोका, परेवा, राँगा बलिका रूपमा चढाइने गरिन्छ । तिनै पशुपन्छीको मासु प्रसादका रूपमा खाने चलनसँगै यसको खपत बढी हुने गरेको व्यवसायीको भनाइ छ । मासु व्यवसायी समितिका निवर्तमान अध्यक्ष भोला ओझाका अनुसार दसैँमा खसी र च्याङ्ग्राको मासु अघिपछिको भन्दा बढी खपत हुने गरेका छन् ।

सोह्रश्राद्धमा मासुको कारोबार कम भए पनि अहिले बढेको उहाँको भनाइ छ । दसैँका बेलामा खसीबोकाको मासु ४०र५० हजार केजी खपत हुने उहाँले जानकारी दिनुभयो ।

पोखरा खसीबोका व्यवसायी समितिका संस्थापक अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले गत वर्षको तुलनामा खसीबोका र च्याङ्ग्रा पोखरामा कम भित्रिएको बताउनुभयो । उत्पादन गर्ने जनशक्ति नेपालमा नहुँदा खसीबोकाको आयात कम भएको उहाँको तर्क छ । उहाँका अनुसार दसैँका लागि झन्डै चार हजार पाँच सय खसीबोका र आठर१० हजार बराबरको च्याङ्ग्रा भित्रिने बताउनुभयो । उहाँले अघिल्ला वर्षमा जिउँदो खसी प्रतिकेजी ६५० मा कारोबार भएकोमा यस वर्षमा ५९० देखि ६३० प्रतिकेजीको दरले व्यापार हुने जानकारी दिनुभयो । पहिला भारतबाट आउने खसीबोका कोरोनापछि स्वदेशी उत्पादन नै बिक्री हुने गरेको उहाँले सुनाउनुभयो । “अहिले नेपालमै उत्पादन गरेका खसीबोका बिक्री हुन्छन् । गण्डकी प्रदेशकै तनहुँ, स्याङ्जा, नवलपुरलगायत जिल्लाबाट खसीबोका आउने गर्छन्,” उहाँले भन्नुभयो ।

पोखरामा ल्याइने च्याङ्ग्रा हिमाली क्षेत्र मुस्ताङबाट ल्याइने गरिन्छ । गत वर्षभन्दा मासुको माग कम भएको हुँदा पहिलाको तुलनामा ४० प्रतिशत घट्ने उहाँको अनुमान छ । “दसैँमा अत्यधिक खोजी हुने हिमाली क्षेत्रका च्याङ्ग्रा नै हो । च्याङ्ग्रा कम भए मात्र खसीबोका बढी बिक्री हुन्छन् । मुस्ताङबाट ल्याइएको च्याङ्ग्रा केही व्यवसायीले पोखरा आसपासका क्षेत्रमा ल्याइसकेका छन् । यो वर्षप्रति च्याङ्ग्राको मूल्य ३० हजार रुपियाँदेखि ४५ हजारसम्म पर्ने अनुमान व्यवसायीले गरेका छन् । मासुका लागि भेडा, च्याङ्ग्राको स्वास्थ्य अवस्था हेरेर मात्र मासु खानका लागि स्वास्थ्य चिकित्सक बताउँछन् । पशु स्वास्थ्य कार्यालयका प्राविधिक सुरेशकुमार श्रेष्ठले खसीबोका र च्याङ्ग्रा रोज्ने क्रममा आँखा चम्किला भएको खरिद गर्न सुझाव दिनुभयो । सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ आश्विन २१,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ आश्विन २१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद