Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

राजदरबार हत्याकाण्डको न्यायिक छानविन गर्न चुनौती -(राप्रपा नेपाल) का अध्यक्ष थापा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ २९,सोमबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले राजदरबार हत्याकाण्डको छानविन हुने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा टिप्पणी गर्दै कमल थापाले सक्ने भए हत्याकाण्डको न्यायिक छानविन गर्न चुनौती दिएका छन् ।
पार्टीको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सोमबार वीरगन्ज आएको थापाले सञ्चारकर्मीहरुसँगको भेटघाटमा राजदरबार हत्याकाण्डको विषयमा पूर्व राजा ज्ञानेन्द्र शाहले सार्वजनिक मञ्चमा दिएको अभिव्यक्ति र राजनीतिक दलहरुको प्रतिकृयाको बारेमा थापाले पूर्व राजाको पक्षमा उभार देखिन थालेकोले जनताको ध्यान मोड्नका लागि दरबार हत्याको आरोप लगाउने गरेको टिप्पणी गरे ।
उनले दलहरुले गरेको आशंकाको निराकरण गर्न दलहरुले नसकेर नै जनता दलहरुप्रति असन्तुष्ट भएको बताए । अहिलेको संघीय लोकतान्त्रीक धर्म निरपेक्ष प्रणाली असफल भएको र मुलुकमा भ्रष्टाचार बढेको बताएका हुन् ।
पहिलेको जस्तो राजतन्त्रको परिकल्पना नगरेको भन्दै राजादेखि माओवादी सबै अटाउने राजनीतिक नेतृत्व भन्दामाथि रहने हिन्दु राष्ट्र सहितको राजसंस्थाको पुर्नस्थापना चाहेको बताए ।
उनले भने, ‘२०६३ साल अघिको राजतन्त्रको परिकल्पना गरेका छैनौं । सहमित र सम्झौताको राजतन्त्र हो ।’
यद्यपि राजसंस्थाको विषयमा राजासँग सल्लाह चाहिँ नभएको पनि राप्रपा नेपालका अध्यक्ष थापाले स्पष्ट पारे । मुलुकको शासन प्रणाली फेरीएपनि शासन गर्ने प्रवृत्ति उस्तै रहेको भन्दै थापाले अब देशको विकासका लागि पात्रको परिवर्तन आवश्यक रहेको बताए ।
अहिलेको भ्रष्ट व्यावस्थालाई अन्त्य गरी मौलिक लोकतन्त्र स्थापनाका लागि आफूहरुले आन्दोलन शुरु गरेको बताउदै थापाले समान विचार राख्ने सबैको सहभागितामा बृहत मोर्चा निर्माणमा लागेको उनले जानकारी दिए ।
विचार मिल्ने समूह र दलहरुसँग पनि संवाद र वार्ता जारी रहेको उल्लेख गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले मिटरब्याजी, लघुवित्त र सहकारीबाट जनता पीडित भएकोले यसको समाधानका लागि दुर्गा प्रसाईको ‘राष्ट्र र राष्ट्रियता तथा धर्म संस्कृति बचाऔं’ अभियानको माग जस्तै देशको आर्थिक सम्भाव्यतालाई दृष्टिगत गरी न्यन ऋण भएकाहरुको ऋण मिनाह गर्न सरकारको ध्यानाकर्षण गराए ।
राप्रपा नेपालका अध्यक्ष थापाले आफूले शुरुवात देखि नै लिँदै आएको राजसंस्था पुर्नस्थापनाको एजेण्डा अझै कायम रहेको बताउदै तत्कालिन राप्रपाको एकता महाधिवेशनमा आफ्नो माग सम्बोधन नभएपछि पार्टीबाट अलग भएर राप्रपा नेपाल गठन गरेको जिकिर गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० माघ २९,सोमबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० माघ २९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद