Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

माछा, मासु तथा मदिरा पसल बन्द गर्ने निर्णय सहित जिप्रकामा ज्ञापन पत्र 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ २,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज २ माघ । विश्व हिन्दू परिषद नेपाल बिरगंजले माघ ८ गतेको दिन बिरगंजका सम्पूर्ण माछा , मासु तथा मदिरा पसल बन्द गर्ने निर्णय सहित जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ । विश्व हिन्दू परिषद नेपाल वीरगन्जका महानगर अध्यक्ष सागर सराफले माघ ८ गते जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख दिनेशसागर भुसाललाई पत्राचार गरी माछा तथा मासु पसल, मदिरा पसल र गैरकानूनी पसल बन्द गर्न आग्रह गरिएको हो ।

विश्व हिन्दू परिषद नेपाल बिरगंजले जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाएको ज्ञापन पत्रमा पाच सय वर्षपछि भगवान श्रीरामद्वारा अयोध्यामा भव्य राम मन्दिरको निर्माण र प्राणप्रतिष्ठा गर्न लागिरहेकोले सोही दिन विश्वका सबै सनातन अर्थात हिन्दूहरूको लागि पुजा अर्चना गर्ने भएको छ । त्यस दिन हरेक मठ मन्दिरलाई राम मन्दिर झै बिहान सजाउने, शोभायात्रा निकाल्ने, झाक्री सहित सहरको परिक्रमा, दिउसो प्राणप्रतिष्ठा प्रोजेक्टरको माध्यमले देखाइने उल्लखे छ ।

साझ हरेक मन्दिरमा भव्य दीप प्रजवलित गर्न र राति विभिन्न ठाउमा महाआरती गर्न अपिल तथा विभिन्न ठाउमा झाक्रीको प्रदर्शन गर्ने समेत रहेको परिषद्ले जनाएको छ । यसका लागि वर्तमान अवस्था बहुसंख्यक हिन्दुहरूको आस्थालाई ध्यानमा राखी सबै मासु–माछा पसल, मदिरा पसल तथा होटलहरू समेत बन्द गर्न गराउन ज्ञापन पत्रमा उल्लेख छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० माघ २,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० माघ २,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद