Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको १५ओै वार्षिक साधारण सभा सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २८,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ ओै  वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्जको बसपार्कस्थित होटल सोल्टी गार्डेनमा सहकारीका सञ्चालक समिति अध्यक्ष कलिष्टर साह कानुको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभालाई सम्बोधन गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष  राजेश पण्डितले ओम शिवशक्ति सहकारी संस्था पर्सा जिल्लाका ठूला संस्थाहरूको नामभित्र आउने गरेको बताए । १५ वर्षको यात्रामा ओमशिवशक्ति सहकारीले गरेको प्रगतीको श्रेय शेयर सदस्यहरूलाई जाने उनको भनाई छ । संस्थाका समग्र आर्थिक पक्ष, सामाजिक पक्ष एवम् सांस्कृतिक पक्षलाई बलियो बनाउन शेयर सदस्यहरुको महत्वपूर्ण भूमिका रहेको उनले बताए । संस्थाले आफ्नो शेयर सदस्यलाई नै ऋण दिने र शेयर सदस्यले त्यसबाट व्यवसाय गरी आम्दानी गरेर सावा ब्याज तिर्ने अवस्थाको सृजना गरीरहेको उनको भनाई छ ।

केही संस्थाहरूमा समस्या देखिएको बताउँदै उनले ऋणी सदस्यहरूले समयमै लिएको ऋण तिरेमा कुनै समस्या नआउने विश्वास दिलाए । सहकारी ऐनको दफा ७९ र सहकारी नियमावलीको परिच्छेद ३० र ८ मा ऋण लिँदा राखिएको धितो समयअवधि सकिएपछि लिलाम गर्ने स्पष्ट उल्लेख गरिएपनि लिलाम गर्ने अवस्थामा सम्म पुग्न नदिन उनले शेयर सदस्यहरुलाई सुझाव दिएका छन् । यस्तै ओम शिवशक्ति सहकारीले २२ जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको जानकारी गराए ।

ओमशिवशक्ति सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण कुमार साहले संस्थाको आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोरोना भाइरसको महामारीसँगै, पछिल्लो समय देखिएको आर्थिक मन्दीका बीचमा पनि संस्थाले सन्तोषजनक कारोवार गरेको उनले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै कोरोनाको समयमा शेयर सदस्यहरुलाई राहत वितरणदेखि भूकम्प, हावाहुरी जस्ता आपतविपतमा पनि सक्रियता देखाउँदै आएको उनले बताए । आफ्नै भवन खरिद गरेर संस्थाले कारोवार गर्दै आएको पनि उनले सुनाए ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका महासचिव जिष्णु बराल, संघका व्यवस्थापक अनुप यादव, नरेश चौरसिया, कोहिनुर साकोसका प्रबन्धक प्रदीप साह, भगवति साकोसका रामनिवास देहाती लगायतको उपस्थिती रहेको थियो ।

प्रिति साहले स्वागत मन्तव्य व्यक्त गरेको साधारण सभाको उद्घाटन सत्रको सहजीकरण सञ्चारकर्मी उज्जवल शर्माले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० पुष २८,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० पुष २८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद