Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भारतमा महादेव साह सोनारको छोराको नामबाट मतदाता, उब्जियो – सिडिओबाट नागरिकता बेचिएको आशंका

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २३,सोमबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

२३ पुस,वीरगञ्ज । नागरिकता वितरणमा जिल्ला प्रशासन कार्यालयबाट आर्थिक चलखेलमा दिने गरेको घटना बेलाबेलामा आइरहन्छ ।
खासगरी तराइका जिल्लाहरुमा आर्थिक चलखेलमा भारतीयलाई नागरिकता दिइएको समाचारहरु बेलाबेलामा राष्ट्रिय मिडियाको मुख्य समाचार बन्ने गरेको सर्वविदित्तै छ ।
तरपनि प्रशासनिक निकायबाट भने नागरिकता बेच्ने काम जारी नै रहन्छ । यस्तै एउटा गम्भीर घटनाको उजागर पर्सा जिल्लाबाट भएको छ ।
यसलाई अब सरल हिसाबले बुझौं ।
वीरगञ्जको ‘आर।के एण्ड सन्स’ सुनचाँदी पसलका सञ्चालक रामनाथ साह सोनार भारतीय हुन् । उनी भारत विहारको आदापुर प्रखण्डको सिरिसिया पञ्चायतको थाना आदापुर निवासी हुन् ।
भारतीय बुवा महादेव साह सोनारको नामबाट रामनाथ साह सोनारसहित पाँच दाजुभाइ नै भारतीय नागरिक रहेको विवरण अहिलेसम्म विहार पञ्चायत आम निर्वाचन नामावली २०२१ को विवरणमा यथावत नै छ ।

अर्थात् यो विवरण अनुसार यी सबै दाजुभाइ भारतीय रहेको प्रष्ट हुन्छ, जुन जोसुकैले पनि सजिलैसंग विहार सरकारको आधिकारिक साइटमा गएर हेर्न सक्छन् ।
यो साइटमा महादेव साह सोनारबाट जन्मिएका छोराहरुको फोटोसहित विवरण राखिएको छ । जसमा रामनाथ साह सोनारको फोटोसहितको विवरण पनि छ । त्यस मतदाता नामावलीको विवरणमा उनको उमेर ५५ वर्ष लेखिएको छ ।

तर यही सोनारले भने पर्सा जिल्लाबाट वंशज नागरिकता लिएको तथ्य बाहिरिएको छ । तिनै महादेव साह सोनारकै नामबाट जिल्लाको साबिक गाउँ बगहीबाट रामनाथ साह सोनारले वंशज नेपाली नागरिकता लिएका छन् ।

बगही वडा नम्बर ३ बाट रामनाथले भारतीय बुवा महादेवबाटै ०५४ सालको ११ मंसिरमा नागरिकता लिएका हुन् ।
तत्कालीन प्रशासकीय अधिकृत गिरीधारी ढकालको हस्ताक्षरमा सोनारले वंशज नागरिकता दिइएको देखिन्छ । यद्यपी, माइस्थानमा सुन पसल चलाउँदै आएका रामनाथ साह सोनार भारत विहारको नागरिक भएको यथेष्ट ‘डकुमेन्ट’ छ ।

तर सोनारसहित दाजुभाइहरु अहिले नेपालमा वंशज नागरिक बनेका छन्, जुन नेपालको खास नागरिकता हो । यसले देशभित्र धेरै प्रकारको सुविधाको व्यवस्था गरेको छ ।

वंशज नागरिकता लिने यस्ता छन् प्रावधान

यहाँ वंशज नागरिकता लिन धेरै कडा कानुनी व्यवस्था पनि छ । नेपाल नागरिकता नियमावली, २०६३ को नियम ३ मा वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न यी कागजातहरु पेस गर्नुपर्ने भनिएको छ ।

वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह्र बर्ष उमेर पूरा भएको नेपाली नागरिकले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष देहायका कागजात संलग्न राखी अनुसूची ९१० बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ ।

–बाबु वा आमा वा आफ्ना वंशतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र,

–जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय निकायले गरिदिएको सिफारिस वा जन्मदर्ता प्रमाणपत्र,

– ९ग० मा खण्ड ९क० बमोजिम तीन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित पत्र,

–९२० उपनियम ९१० बमोजिमका प्रमाण निवेदनसाथ पेश गर्न नसक्ने नेपाली नागरिकलाई देहायका कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिन सकिनेछः

–९क० निवेदकका बाबु वा आमा नेपाली नागरिक भएकोले निज वंशजको नाताले नेपालको नागरिक भएको र नेपालमा जन्म भई निरन्तर रूपमा नेपाल सरहदभित्र स्थायी

रुपमा बसोबास गरी आएको व्यहोरा खुल्ने गरी स्थानीय निकायका प्रतिनिधिको रोहबरमा अनुसूची९३० बमोजिमको ढाँचामा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त स्थानीय बासिन्दाहरूले गरिदिएको स्थलगत सर्जमिन,

–९ख० सम्बन्धित वडामा बसोबास गर्ने तीन जना नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिकले अनुसूची९४० बमोजिमको ढाँचामा सर्जमिनस्थल मैँ गरिदिएको सनाखत ।

तर, नागरिकताको सिफारिस गर्ने वा नागरिकता प्रदान गर्ने अधिकारीलाई सनाखत गर्ने व्यक्तिले शंकास्पद रूपमा सनाखत गरेको लागेमा त्यस्तो अधिकारीले त्यस उपर थप छानवीन गर्न सक्नेछ ।

कारबाहीबारे किन मौन प्रशासन रु

वंशज नागरिकता पाउन भनिएको व्याख्यामा सोनारको कागजात पुग्दैन, यहाँ तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र राखेर वंशज नागरिकता लिन प्रष्ट भनिएको छ ।

तर रामनाथ सोनारले भने बिना तीन पुस्ते आफ्नो भारतीय बुवाकै नामबाट वंशज नागरिकता लिएको सरकारी कागजातबाटै पुष्टि भइरहेको छ ।
त्यति मात्रै होइन,रामनाथ साह सोनारसहितका दाजुभाइले झुट्ठा विवरण पेश गरी नेपाली नागरिकता लिएको सबै सबुतप्रमाणसहित जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित ठाउँमा उजुरी पनि परेको छ । तर उनीमाथि अहिलेसम्म कानुनी कारबाही भने चालिएको छैन् ।

यसरी कानुनी व्यवस्था कडा हुँदाहुँदै पनि रामनाथ साह सोनार जस्ता गैर नागरिकले सजिलै वंशजको नागरिकता हात पारेपछि प्रशासनमाथि गम्भीर सवाल खडा गरिदिएको छ ।

यो एक घटनाले तराइमा बिना सबुतप्रमाण बेलाबेलामा नागरिकता बेचबिखन भइरहेको छ भन्ने प्रश्न नै प्रश्न उब्जाइदिएको छ ।
यस्ता घटनाहरुसंग पूर्वसिडिओहरु पनि अनुभवी छन् । उनीहरुले समेत बेलाबेलामा लोभलालचमा परेर तराइमा भारतीयसंग नागरिकता बेच्ने गरेको घटना आइरहने गरेको सुनाउँछन् ।

उनीहरुको भनाइ छ–‘तर यो गलत हो, लोभ लालचमा कसैले देश बेच्नु हुँदैन् । यस्ता काम गर्नेलाई खोजविन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
नागरिकता जस्तो गम्भीर प्रकृतिको मुद्दामा जिल्ला प्रशासन कार्यालय मौन बसेपछि प्रशासनिक निकायको रवैयाको पर्दाफास भएको छ । कसको मिलोमतोमा नागरिकता बेचियो रु किन सिडिओबाट त्यसमाथि छानविन भइरहेको छैन रु जस्ता गम्भीर प्रश्न अहिले चर्चाको शिखरमा छ ।

कारण–वंशज नागरिकता दिने नेपालको नागरिकता ऐन कानुनले प्रष्ट व्याख्या गरेको छ । यो बारेमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालसंग रेसखबरले लिएको प्रतिक्रियामा उनले रामनाथ साह सोनारबारे राज्यको एउटा निकायले अनुसन्धान सुरु गरिसकेको बताए ।

त्यसको अनुसन्धान सकिए लगत्तै हामीले नागरिकताबारे अनुसन्धान गर्ने तयारी गरेका छौं,’ उनले भने ।सभार रेस खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० पुष २३,सोमबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० पुष २३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद