Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home कृषि

कृषि सामग्री कम्पनीको युरिया मल भित्रिन थाले

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २२,आईतवार
A A
file photo

file photo

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — कृषि सामग्री कम्पनीको युरिया मल भित्रिन थालेको छ । कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार, आदित्य बिरला कम्पनी आपूर्तिकर्ता रहेको कन्साइन्मेन्ट नम्बर १ सय २१ को युरिया मल भित्रिन थालेको हो ।
वीरगन्जस्थित कृषि सामग्री कम्पनीको गोदाममा रहेको युरिया मल ।
‘२ हजार ५ सय मेट्रिक टन युरिया मल बोकेको पहिलो रेल्वे ¥याक बिहीबार वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आई पुगेको छ,’ उनले भने, ‘शुक्रबार पनि सीमावर्ती भारतीय सहर रक्सौलको रेल्वे स्टेशनमा २ हजार ५ सय मेटन युरिया मल बोकेको अर्को रेल्वे ¥याक आइपुगेको छ ।’
सुक्खा बन्दरगाहमा आइपुगेको मल कम्पनी प्रादेशिक कार्यालय भैरहवा जाने र रक्सौल आइपुगेको मल प्रादेशिक कार्यालय वीरगन्ज आउने उनले बताए ।यो कन्साइन्मेन्टको मल कोलकत्ता बन्दरगाह हुँदै वीरगन्ज र रक्सौलसम्म आइरहेको छ । ग्लोबल टेण्डरबाट ठेक्का पाएको आदित्य बिरला कम्पनीले यो कन्साइन्मेन्टबाट कम्पनीको ३० हजार मेट्रिक टन युरिया मल आपूर्ती गरिरहेको छ ।
यी दुई बाहेक स्वीस सिंगापुर कम्पनी आपूर्तिकर्ता रहेको कन्साइन्मेन्ट नम्बर १ सय १५ को ३० हजार मेट्रिक टन युरिया मल पनि कोलकत्ता बन्दरगाह आइसकेको र उक्त मल पनि यसै साता देखि क्रमशः भित्रिने पाण्डेले बताए ।
मल भित्रिए लगत्तै माग भएका जिल्लाहरुमा क्रमशः परिचालन समेत गरिनेछ। हाल किसानलाई गहुँ बालीका लागि युरिया मलको आवश्यकता छ । कोटा छुट्याइएको मधेश प्रदेशका जिल्लाहरुमा तथा जिम्मेवारी रहेका बागमती प्रदेशका जिल्लाहरुमा समेत प्रादेशिक कार्यालयबाटै मल परिचालन गरिने उनले बताए । ठूलो मात्रामा मल भित्रिसकेपछि अब गहुँ बालीका लागि मलको अभाव नहुने पनि पाण्डेले दाबी गरे ।
यस बाहेक कम्पनीले धान सिजनलाई लक्षित गरी ठूलो मात्रामा युरिया र डिएपी मल भित्र्याउन लागेको पाण्डेले बताए । धान बालीका लागि कम्पनीले ५ वटा कन्साइन्मेन्टमा गरी युरिया, डिएपी र पोटास मल भित्र्याउन थालेको छ ।
३०÷३० हजार मेट्रिक टन युरिया मल आयातको ३ वटा कन्साइन्मेन्ट, २० हजार मेट्रिक टन डिएपी आयातको एउटा कन्साइन्मेन्ट र १० हजार मेट्रिक टन पोटास आयातको एउटा कन्साइन्मेन्ट रहेको उनले बताए ।सभार इकन्तिपुर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत
राष्ट्रिय

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत

प्रकाशित : २०८० पुष २२,आईतवार
संविधान दिवसमा ५१ बिरुवा रोपिए
मुख्य समाचार

संविधान दिवसमा ५१ बिरुवा रोपिए

प्रकाशित : २०८० पुष २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद