Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

नियुक्ति भागबन्डामा पकाहामैनपुर गाउँपालिकाको उपाध्यक्षका श्रीमान कर्मचारीमा नियुक्त

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ५,बिहीबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्साको पकाहाँ मैनपुर गाउँपालिकामा राजनीतिक भागबन्डाको आधारमा अवैधानिक तरिकाले कर्मचारी नियुक्त गरिएका छन् ।
गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित सर्फुन नेशाका ५० वर्षिय श्रीमान मोहमद नर्शुलाह मियाँको पालिकाको कर्मचारीमा नियुक्त गरिएको छ । नेपाल सरकारको ऐन अनुसार ४० वर्ष सम्मका लाई मात्र कर्मचारीमा नियुक्त गर्ने प्रावधान रहेको हुँदा कुन ऐन नियमले मियाँको नियुक्ति गरिएको छ भने सोध्दा जवाब दिन पालिकामा कोई भेटिएनन् ।
यसरी हेर्दा दर्जनौ गाउँपालिकामा नियुक्ति गरिएको छ । जुन नियुक्तिले अहिले पालीमा ठूलो समस्या निम्त्याएको छ । पालिका अध्यक्ष सुरेश मेहता र उपाध्यक्ष सर्फुन् नेशालाई नियम ऐन मिचेर भागबन्डा लगाई नियुक्ति गरिएको छ ।
अध्यक्ष मेहताको निकट रहेका मुक्ति शर्मा कुमार शर्मालाई मासिक ज्यालादारीमा , सुनिल कुमार चौहानलाई मासिक ज्यालादारीमै , सुबोध कुमार कुशवाहा , सुबोध मेहता ,मुना राउत कुर्मी कार्यालय सहयोगी लगायतको नियुक्ति अवैधानिक तरिकाबाट गरिएको छ ।
यस्ता अरू थुप्रै फर्जी नियुक्ति गरिएको छ । जस मध्ये कतिपयले सेवा सुविधा पाएका छैनन भने कतिपयले पाई सकेका छन् , नपाएका हरुले आईतबार देखि पालिकामा तल्ला लगाउने समेत धम्की दिएका छन् ।
जनप्रतिनिधिहरु विकास निर्माणको काममा र जनताका समस्याहरु सम्बोधनको काममा खटिनुपर्नेमा शुरुमै कर्मचारी नियुक्त गर्ने होडमा लागेको स्थानीयहरुले बताएका छन् ।नियुक्तिको विषयलाई लिएर निर्वाचित जनप्रतिनिधि र गाउँपालिका प्रमुखबीच आरोप÷प्रत्यारोप सुरु देखि चल्दै आएको छ ।
गाउँपालिकामा एउटा कम्पुटर शाखा भएपनि १० जनालाई कम्पुटर अपरेटर नियुक्ति गर्नु भनेको भ्रष्टचार बाहेक केही नगर्नु स्थानियहरुले आरोप लगाएका छन् ।
अध्यक्ष मेहता र उपाध्यक्ष नेशालाई कानुनले स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्न नमिल्ने भएपछि कम्पुटर अपरेटर एवं कार्यालय सहयोगीमा नियुक्ति गराई पालिकालाई आर्थिक भार थप्ने काम गरेको एक बुद्धिजीवीले बताएका छन् ।
स्रोतका अनुसार यी सबै नियुक्तिमा गाउँपालिकाको प्रशासन प्रमुख हरीमोहन महतोको ठूलो चलखेल रहेको छ । सभार ज्योती दैनिक

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत
राष्ट्रिय

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत

प्रकाशित : २०८० पुष ५,बिहीबार
संविधान दिवसमा ५१ बिरुवा रोपिए
मुख्य समाचार

संविधान दिवसमा ५१ बिरुवा रोपिए

प्रकाशित : २०८० पुष ५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद