Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

खेल विकासका प्रति पर्सा क्रिकेट सङ्घ र ड्रिम वर्ल्ड भेन्चर्स प्रालिबिच सहकार्य   

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ४,बुधबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जमा क्रिकेट खेल विकासका लागि पर्सा क्रिकेट सङ्घ र ड्रिम वर्ल्ड भेन्चर्स प्रालिबिच सहकार्य भएको छ । सहकार्यका लागि दुवै संस्थाका प्रमुखहरूले आज एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

ड्रिम वर्ल्ड भेन्चर्स प्रालिद्वारा सञ्चालित वर्ल्ड अफ वन्डर्समा आयोजित पत्रकार सम्मेलनका बिच पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंह र ड्रिम वर्ल्ड भेन्चर्स प्रालिका निर्देशक सौरभ केडियाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार पर्सा क्रिकेट सङ्घले आयोजना गर्ने गतिविधिहरूमा ड्रिम वर्ल्ड भेन्चर्स प्रालिले प्रायोजकको भूमिका निर्वाह गर्ने छ । त्यस्तै सङ्घसँगको सहकार्यमा विभिन्न क्रिकेट प्रतियोगिताहरू आयोजना गर्नुका साथै सङ्घसँग आबद्ध खेलाडीहरूलाई वर्ल्ड अफ वन्डर्समा उपलब्ध सेवाहरूमा विशेष छुट र प्राथमिकता समेत उपलब्ध गराउने छ ।

पत्रकार सम्मेलनमा बोल्दै पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले देशकै आर्थिक राजधानीका रूपमा चिनिएको वीरगञ्जमा क्रिकेट खेलको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको बताए । युवा खेलाडीहरूको प्रतिभालाई प्रस्फुटन गर्दै क्रिकेट खेल माध्यमबाट पनि वीरगञ्जको एउटा नयाँ परिचय स्थापित गर्न सङ्घ अहोरात्र खटिरहेको उनको भनाई थियो । सिंहले सोही प्रयास स्वरूप ड्रिम वर्ल्ड भेन्चर्स प्रालिसँग सम्झौता गरिएको समेत जानकारी गराए ।

खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रायोजकहरूको भूमिका बारे बताउँदै उनले आगामी दिनमा वीरगञ्जमा हुने क्रिकेट खेलहरूको प्रायोजन गरिदिन तथा प्रयोजकका रूपमा सहभागी भई सहयोग गरिदिन ड्रिम वर्ल्ड भेन्चर्स प्रालिले ठूलो भूमिका निर्वाह गर्ने उनको विश्वास व्यक्त गरे ।

प्रायोजकका रूपमा पर्सा क्रिकेट सङ्घसँग जोडिएकोमा ड्रिम वर्ल्ड भेन्चर्स प्रालि प्रति आभार प्रकट गर्दै उनले पर्सामा क्रिकेट खेललाई नयाँ उँचाइमा पुर्‍याउने सहकार्य कोशे ढुङ्गा साबित हुने समेत दाबी गरे ।

त्यस्तै ड्रिम वर्ल्ड भेन्चर्स प्राधिकार निर्देशक सौरभ केडियाले पर्सा क्रिकेट सङ्घसँग प्रायोजकका रूपमा आफ्नो संस्था जोडिन पाउँदा गौरवान्वित महसुस भइरहेको बताए । उनले आउँदो दिनहरूमा पर्सा क्रिकेटको विकास र खेलाडीहरूका लागि आवश्यक सेवा तथा सुविधा उपलब्ध गराउन आफ्नो संस्थाले कुनै कसर बाकी नराख्ने बताए । सहकार्यले क्रिकेट खेलाडीलाई थप सुविधा प्राप्त हुने छ र आगामी दिनमा क्रिकेटले नयाँ उँचाइ प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा नेपाली पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने लगायताको पनि उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
खेलकुद

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

प्रकाशित : २०८० पुष ४,बुधबार
वीरगञ्जमा शिक्षा र उद्योग क्षेत्रका योगदानकर्तालाई सम्मान
आर्थिक

वीरगञ्जमा शिक्षा र उद्योग क्षेत्रका योगदानकर्तालाई सम्मान

प्रकाशित : २०८० पुष ४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद