Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको रौनक

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर २७,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

धनुषा । जनकपुरधाममा विवाहपञ्चमी महोत्सव अन्तर्गत आज दोस्रो दिन फूलबारी लीला मनाइँदैछ । सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव हिजोवाट वधिवत रुपमा शुरु भएको हो । पहिलो दिन हिजो जानकी मन्दिर प्राङ्गणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाइ घुमाएर नगर दर्शन गराइएको थियो ।

त्रेतायुगमा भगवान राम र जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरुप विवाह पञ्चमी मनाइने गरिन्छ ।

भोलि विवाह पञ्चमी थालनी भएको पहिलो दिन राम बनेका व्यक्तिले धनुष भाँचेपछि चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर र छैठौँ दिन स्वंयर गरेर रामसीताको विवाह उत्सव सम्पन्न हुन्छ ।महोत्सवको तेस्रो दिन भोलि धनुष यज्ञ, चौथो दिन शुक्रवार तीलकोत्सव, पाँचौँ दिन मङ्सिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।

पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीका रुपमा आएका साधुसन्तको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत समापन हुनेछ । यसपटक विवाह पञ्चमी अवधिभर नेपाल र भारतबाट झण्डै दुई लाख दर्शनार्थी आउने अपेक्षा गरिएको छ ।

महोत्सवलाई लक्षित गरी जनकपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आउँदो शुक्रबारदेखि आइतबारसम्म माछामासु र मदिरा बिक्रीमा स्थानीय प्रशासनले रोक लगाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० मंसिर २७,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० मंसिर २७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद