Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मानव सेवा आश्रमलाई उद्योग मन्त्री रिजालद्वारा गाडी हस्तान्तरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १७,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जमा रहेको मानव सेवा आश्रमलाई सवारी साधन हस्तान्तरण गरीएको छ ।

नेपाल सरकारका उधोग , वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालको प्रमुख आथित्यतामा मानव सेवा आश्रमको सेवालाई थप सरल र सहज बनाउन नयाँ बोलेरो गाडी हस्तान्तरण गरीएको हो । हस्तान्तरण कार्यक्रमलाई समबोधन गर्दै मन्त्री रिजालले मानव सेवा सकारात्मक तथा पुण्य कार्यमा थोरै भएपनि आफुले केही गर्न पाउँदा मन हर्षित भएको बताए ।

उनले मानव सेवाका लागि सम्पुर्ण जिवन नै समर्पित गरेका व्यक्तित्वहरुप्रती धन्यवाद समेत व्यक्त गरे । यसअघिको कार्यक्रममा सहभागी हुँदा बखत मानव सेवा आश्रमलाई सहयोग गर्ने वाचा गरे आफुले गाडी हस्तान्तरण गरेको पनि मन्त्री रिजालले बताए । राजनितीक जिवनपछि आफुलाई लक्ष्मिनारायणहरुको सेवामै लाग्न प्रेरीत गरीरहने मानव सेवा आश्रमलाई साथ र सहकार्य गर्दै जाने पनि उनले बताएका हुँन् । गाडी हस्तान्तरणका लागि सहयोग गर्ने सबैलाई मन्त्रि रिजालले धन्यवाद समेत ज्ञापन गरेका थिए ।

कार्यक्रममा उधोगी , समाजसेवी एव् मानव सेवा आश्रम अन्तर्गतको भौतिक विकास प्रवद्र्धन समितिका सदस्य गणेश लाठले मानव सेवा आश्रम निर्माणका लागि अहोरात्र लागि परेको र लागि रहने प्रतीबद्धता व्यतm गरे । उनले सडकमा रहेका मानवलाई पनि अन्य मानिस सरह बाच्न पाउने , बस्न पाउने , खान र जिउन पाउने अधिकार रहेकोले यसतर्फ सबैको हातेमालो हुन आवश्यक रहेको भन्दै आग्रह गरेका थिए ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सुन्दर मानव समाजको कल्पना गर्दै अगाडी बढेको मानव सेवा आश्रम र यहाँका व्यक्तिहरू जस्तै सबैलाई यस्ता लक्ष्मिनारायणहरुलाई साथ दिने प्रेरणा मिलोस् कमना गरेका थिए ।

समाजमा अझ पनि आफ्ना बुवा आमालाई घरबाहिर निकालिदिने , अनावश्यक खर्च गर्ने तर घर नजिकैका छिमेकमा मानिसहरु भोकै छटपटाउँदा पनि बेवास्ता गर्ने गरेको दृश्य अझ हाम्रै समाजमा रहेको बताउँदै मनवता पटक्कै नभएको घटनाहरु तथा विकृतीहरु पनि उतिक्कै रहेकोले यसलाई सकारात्मक तवरले परिवर्तन गर्न आवश्यक रहेको पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

वडा नम्बर २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीले कार्यक्रममा मानव सेवा आश्रमलाई आफुले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग र सहकार्य गर्दै जाने र भवन निर्माणका लागि पनि सहकार्य गर्ने प्रतीबद्धता व्यतm गरेका हुन् ।

त्यस्तै निशुल्क रुपमा मानव सेवा आश्रमलाई औषधि सहयोग गर्दै आएकी समाजसेवी नुतन सरावगीले तन र मनले सधै साथ र सहयोग गर्न सके पनि सकेजति धनले पनि सहयोग गर्दै आएको भएपनि अझ यस्ता लक्ष्मिनारायणहरुलाई साथ दिन पाए मनको अशान्ति केही हदसम् कम हुन सक्ने बताईन् ।

कार्यक्रममा वीरगञ्ज उधोग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल , वीरगंज महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी , पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा ,फोरजिआर ग्रुपकी अध्यक्ष नुतन सरावगी , समाजसेवी संजय अग्रवाल , मानव सेवा आश्रम अन्तर्गत भौतिक विकास प्रवद्र्धन समितिका सदस्य गणेश लाठ ,समाजसेवी, प्राध्यापक एव् मानव सेवा आश्रम परिवारका संयोजक दिपक शाक्य , युवा नेता दिलिप कार्की , मन्त्रि रिजालका स्वकिय सचिव एव् युवा नेता राकेश यादव, नेपाली काँग्रेसकी नेतृ रम्भा मिश्रा , वीरगंज उधोग बाणिज्य संघका उपाध्यक्ष हरी गौतम ,समाजसेवी पशुपती विक्रम साह , उषा साह , पिया सिँह , ओम शान्ति वीरगंजकी प्रमुख रविना दिदि , युवाहरु , विभिन्न संघसंस्थाका प्रतीनीधी , संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

मानव सेवा आश्रमका प्रमुख संस्थापक एव् केन्द्रि अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण मानव सेवा आश्रम परिवारका संयोजक दिपक शाक्यले गरेका थिए भने स्वागत मन्तव्य समाजसेवी प्रकाश थारुले व्यक्त गरेका थिए । कार्यक्रम संचालन मानव सेवा आश्रमका केन्द्रिय सदस्य दिवेश मानवसेवाले गरेका थिए । मधेश खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० मंसिर १७,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० मंसिर १७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद