Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

वीरगञ्ज गोल्डकप : झापालाई २–० गोलले हराउँदै आर्मी सेमिफाइनलमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २१,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । स्त्रिभुवन आर्मी क्लब, वीरगञ्ज गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जको आदर्शनगर रंगशालामा मंगलबार भएको खेलमा झापा एफ.सी.लाई २–० गोलले हराउँदै आर्मी क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेल सुरु भएको ७ औं मिनेटमा नीरज कुमार शाहले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए ।आर्मीले पाएको कर्नर किक्मा झपाको पेनाल्टी एरिया नजिकैबाट होड गर्दै बललाई गोलपोष्टको जाली चुमाउन उनि सफल भएका थिए ।

पहिलो हाफ १–० मा सकिएको खेलको ६१ औं मिनेटमा आर्मीकै फत्तेमान घलेले थप एक गोल गर्दै आफनो टिमको अग्रता दोब्बर पारेका थिए ।घलेले डिबक्स एरिया बाहिरबाटै गरेको सुन्दर प्रहारले झापाको गोलपोटको जाली चुमेको थियो ।

त्यसको तीन मिनेट बित्न नपाउँदै झापाका प्रदीप बुढाथोकीले आर्मीविरुद्ध सात्वना गोल गर्ने अवसर गुमाएका थिए । आर्मीका रक्षापंक्तीलाई छल्दै पेनाल्टी एरिया भित्रैबाट बुढाथोकीले हानेको बल गोलपपोष्ट बाहिर गएको थियो ।खेलको ७१ औं मिनेटमा आर्मीका दिशान्त राइले झापाको गोलपोष्टमा हानेको सशक्त प्रहारलाई झापाका गोलरक्षक अनिष देउलाले उत्कृष्ट बचाउदै गर्दै विफल तुल्याइदिएका थिए ।

मंगलबार भएको खेलको म्यान अफ दी म्याच आर्मीका लागि दोस्रो गोल गरेका भले घोषित भए।त्यसबापत उनले १० हजार रुपैयाँ पुरस्कारपनि प्राप्त गरे।

मंगलबारको विजेता आर्मीले अब फाइनल प्रवेशका लागि बिहीबार हुने दोश्रो सेमिफाइनल खेलमा संकटा क्लब काठमाडौंको सामना गर्नेछ ।संकटा क्लब नकआउट चरणमा चर्च ब्वाइज युनाइटेड नवलपरासीलाई पाखा लगाउँदै सेमीफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा बुधबार हुने पहिलो सेमिफाइनल खेलमा भने आयोजक भेट्रान सिटी क्लब वीरगन्ज र नेपाल पुलिस क्लब भिड्नेछन् । वीरगन्जले भारतको दिल्लीलाई र पुलिस क्लबले भारतको कोलकत्तालाई हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् ।

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन्।

वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमलाई नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमलाई नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

इन्टर कलेज वाद–विवाद प्रतियोगिताको तेस्रो चरण सम्पन्न, दुई विद्यार्थी फाइनलमा चयन
खेलकुद

इन्टर कलेज वाद–विवाद प्रतियोगिताको तेस्रो चरण सम्पन्न, दुई विद्यार्थी फाइनलमा चयन

प्रकाशित : २०८० कार्तिक २१,मंगलवार
“खेली मधेश, जीती मधेश” नारासहित पर्सा जिल्ला खेलकुद विकास समितिको प्रथम वार्षिकोत्सव सम्पन्न
खेलकुद

“खेली मधेश, जीती मधेश” नारासहित पर्सा जिल्ला खेलकुद विकास समितिको प्रथम वार्षिकोत्सव सम्पन्न

प्रकाशित : २०८० कार्तिक २१,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद