Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा पनि तिहारमा माटोको दियो बिक्री सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २०,सोमबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । कात्तिक कृष्णपक्षमा मनाइने तिहारको तेस्रो दिन बिहीबार हुने दीपावलीको लागि वीरगञ्ज नगरका बस्तीमा माटोको दियो, घैला सहितका भाँडाको बिक्री घटेको छ ।दीपावली र छठ पर्वमा कलश, दियो, घडा, छ्याँची र ढकना सहित नयाँ माटाका भाँडा प्रयोग गरिने बजारमा माटाका भाँडाको बिक्री गत वर्षको तुलनामा यस वर्ष निकै कम भएको हो ।

वर्षभरि अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा यी तिहार पर्व विशेषमा अनिवार्य जस्तै मानिँदै आएकाले यसले बजार पाएको व्यावसायीहरुले बताउँछन् । मुख्य व्यापारिक केन्द्र वीरगन्ज , पोखरीया , बिन्दबासिनी , भिस्वा लगायत गाउँ घरको मुख्य चोक नभई दिनहुँ जसो माटाका भाँडा बिक्रीका लागि राखिए पनि बिक्री नहुँदा व्यावसायीहरु निराश भएका छन् ।

गत वर्ष १५० देखि २०० मा एक सय पिस बिक्री भएको दियो यस वर्ष १०० रूपैयाँमा पनि बिक्री हुन नसकेको व्यपारीहरुले बताएका छन् । यस वर्ष दियो सय रुपैयाको एक सय पिस बिक्री हुदैछ भने कलशा ५०/६० रुपैयाँमा एउटा र माटोको हाथि ४ सय देखि १५ सय सम्मको बिक्रीको लागि राखिएको छ ।

व्यपारीहरुका अनुसार गत वर्ष खासै बिक्री हुन नसके पछि यस वर्ष मूल्य कम राखिएको छ । मूल्य कम भए पनि यस वर्ष पनि खासै बिक्री हुन नसकेको व्यपारीहरुले बताएका छन् ।

सांस्कृतिक पर्वमा आवश्यक पर्ने भाँडा माटोकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटोका भाँडा बनाउने कुम्हालेको व्यस्तता निकै बढेको भएपनि बिक्री नहुँदा निराश देखिएका छन् । तराई क्षेत्रमा माटोका नयाँ भाँडा कार्य गर्न उत्तम हुने धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा यसको माग ह्वात्तै बढ्ने गरेको यहाँका उद्यमी, व्यापारी र सर्वसाधारण बताउँछन् ।

दीपावली र छठ पर्वमा बत्ती बाल्ने दियो, कलश राख्ने घडा तथा माटोकै नयाँ भाँडा प्रयोग गरिने परम्पराले यसको कारोबारमा वृद्धि भएको माटोका भाँडा बनाउँदै आएका पकाहामैनपुर गाउँपालिकाका एक व्यावसायीले बताउनुभयो । उनका अनुसार पहिले पहिले त हाम्रो गुजाराको पेसा नै यही थियो, अब प्लास्टिक र अन्य धातुका भाँडाको प्रयोग बढेपछि चाडपर्वमा खुम्चिएको गुनासो गर्नु भयो ।

वहाँले यतीको हुँदा समेत पर्वमा अनिवार्य माग भएकाले कात्तिक कृष्णपक्ष सुरु भएसँगै तिहारको तयारी थालिने र लगत्तै छठ आउने भएकाले सर्वसाधारण पर्व विशेषको समानको जोहोमा लागेसँगै माटाका भाँडाको व्यापार बढेको बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० कार्तिक २०,सोमबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० कार्तिक २०,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद