Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ भाद्र २२,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमलेखगञ्ज । अस्थायी ट्राफिक प्रहरी पोस्ट अमलेखगञ्जका इन्चार्ज प्रहरी वरिष्ठ हवल्दार नवलकिशोर साहमाथि चेकजाँचका नाममा विभिन्न सवारीसाधनबाट अनधिकृत रूपमा रकम असुल्ने गरेको आरोप लागेको छ।

अमलेखगञ्ज ट्राफिक बिटअगाडिको सडकमा अनावश्यक रूपमा सवारीसाधन रोकेर चेकजाँच गर्ने र त्यसक्रममा एक सयदेखि पाँच सय रुपैयाँसम्म रकम लिने गरेको स्थानीय तथा स्रोतको दाबी छ।

विशेषगरी वीरगञ्ज तथा पूर्वी क्षेत्रबाट आउने मालवाहक सवारीसाधन, कुखुरा बोकेका गाडी, भैंसीलगायतका पशु बोकेका सवारीसाधनलाई लक्षित गरी रकम असुल्ने गरिएको आरोप छ।

स्रोतका अनुसार उक्त क्षेत्रमा दैनिक रूपमा विभिन्न सवारीसाधनबाट करिब ५ हजारदेखि १० हजार रुपैयाँसम्म रकम उठ्ने गरेको दाबी गरिएको छ। उठाइएको रकममध्ये माथिल्लो तहसम्म समेत मासिक रूपमा हिस्सा जाने गरेको स्रोतको आरोप छ। यद्यपि, यस दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

चेकजाँचका क्रममा सवारीसाधनलाई अनावश्यक रूपमा रोक्ने तथा रकम नदिएसम्म विभिन्न बहानामा दुःख दिने गरेको गुनासो केही चालकले गरेका छन्। यस्तो गतिविधिले नियमित रूपमा उक्त सडकखण्डमा आवतजावत गर्ने चालक तथा व्यवसायीहरूमा असन्तुष्टि बढाएको बताइएको छ।

यस विषयमा प्रहरी वरिष्ठ हवल्दार नवलकिशोर साहको भूमिका तथा चेकजाँचका क्रममा हुने भनिएको आर्थिक कारोबारबारे सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उठेको छ।

समाचार तयार पार्दासम्म साहको पक्षबाट यस आरोपबारे औपचारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन। आरोप पुष्टि वा खण्डनका लागि सम्बन्धित प्रहरी निकायको धारणा पनि आवश्यक देखिन्छ। सभार ज्योति दैनिक

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”
धर्म

“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”

प्रकाशित : २०८३ भाद्र २२,सोमबार
रसुवा बाढीपीडितका लागि  नेपाल र  नेशनल मेडिकल कलेजको संयुक्त पहल, ७५ लाख सहयोग
आर्थिक

रसुवा बाढीपीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजको संयुक्त पहल, ७५ लाख सहयोग

प्रकाशित : २०८३ भाद्र २२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद