Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वडाध्यक्ष महर्जनलाई कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गर्दै कांग्रेसद्वारा सिडियोलाई ज्ञापन पत्र

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १०,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज  । गत कार्तिक ५ गते अष्टमीको दिन राति वीरगंज महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिराकाजी महर्जन माथि कुटपिट गर्ने दोषी प्रहरीलाई कारवाही गर्न नेपाली कांग्रेस पर्साले माग गरेको छ ।शुक्रबार पार्टीले पर्स्कका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाउदै कारवाहीको माग गरेको हो ।

नगवा प्रहरीका इन्चार्ज स.ई रविन्द्र साह तुरहाले वडाध्यक्ष महर्जनलाई अनाहक कुटपिट र अपमान गरेको घटनाते पार्टी स्तब्ध भएको ज्ञापनपत्रमा जनाइएको छ।वडाअध्यक्ष रेल्वे रोड स्थित हनुमान मंदिर निर दुर्गा पूजा आराधना गरिरहेका भक्तजनहरूको कार्यमा सई तुरहाले हस्तक्षेप गरेको र धार्मिक कार्यमा खलल पुर्याएको कार्य रोक्न आग्रह गरेको पार्टीले बताएको छ।

धार्मिक कार्यमा अवरोध नगर्न वडाध्यक्षले आग्रह गर्दा समेत सई तुरहाले त्यहां हुलहुज्जत र अनुचित बल प्रयोग गरी वडाध्यक्षलाई कुटपिट गर्दा निजको आँखामा गंभीर चोट लागेको छ । नेपाली कांग्रेस पर्सा यस गैरन्यापिक घटनाको घोर भर्त्सना समेत ज्ञापनपत्रमार्फत गरिएको छ ।

घटनाको निष्पक्ष छानबिन गरि दोषी माथि कारवाई गर्न नेपाली कांग्रेस पर्सा जोड़दार माग ज्ञापन पत्र मार्फत पार्टी यसका लागि सात दिनको समय तोकेको छ। एक साता भित्र न्याय र सुरक्षा नेतृत्वको रवैयामा सुधार आएन भने पार्टीको तर्फबाट चरणबद्ध दवावमूलक कार्यक्रम गरिने कांग्रेस पर्साका कार्यबाहक सहभापति रामनारायण कुर्मी द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।ज्ञापनपत्र बुझाउने टोलिमा बिरगंज महानगरका उपप्रमुख इम्तियाज आलम लगायत कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० कार्तिक १०,शुक्रबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० कार्तिक १०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद