Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

राष्ट्रपतिद्वारा जानकी मन्दिरमा पूजापाठ ( फोटोसहित )

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ८,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । नेपाली सेनाको विमानमा बिहान जनकपुर आइपुगेका राष्ट्रपति पौडेल जनकपुर विमानस्थलबाट सोझै जानकी मन्दिर पुगेका थिए ।

जानकी मन्दिरमा राष्ट्रपति पौडेललाई मन्दिरका महन्थ रामतपेश्वर दास र उत्तराधिकारी महन्थ रोशन दासले स्वागत गरेका थिए । राष्ट्रपति पौडेललाई मन्दिरमा गर्भगृहमा महन्थ रामतपेश्वर दास आफैंले विशेष पूजापाठ गराएका थिए । अति विशिष्ठ व्यक्ति आउँदा मन्दिरको गर्भगृहमा महन्थ दासले नै पूजापाठ गराउने चलन छ ।

यसअघि, जनकपुर विमानस्थलमा राष्ट्रपति पौडेललाई मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, कांग्रेसका नेता विमलेन्द्र निधि, आनन्दप्रसाद ढुङ्गाना र रामकृष्ण यादव र एमालेकी सांसद जुली महतोले स्वागत गरेका थिए । राष्ट्रपति पौडेल जानकी मन्दिरमा विशेष पूजापाठ गरेपछि उनको सम्मानमा प्रदेश प्रमुख मिश्रले आयोजना गरेको जलपान समारोहमा सहभागी भएका थिए ।

राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाले अहिले अपराह्न नागरिक अभिनन्दन गर्दैछन् । लामो समयदेखि थाती रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्न लागेको हो । जनकपुरमा निर्मित महेन्द्र नारायण निधी सांस्कृतिक भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई नगर प्रमुख मनोज साहले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

त्यही अवसरमा राष्ट्रपति पौडेलले २३ वर्षअघि निर्माण भएपनि उद्घाटन हुन बाँकी रहेको महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनको उद्घाटन गर्ने कार्यक्रम पनि छ । २०५७ सालमा शिलान्यास भएर निर्माण थालिएको सांस्कृतिक भवनमा नेपाल प्रहरीको दंगा गुल्मको ब्यारेक थियो । सभार : कान्तिपुर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० आश्विन ८,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० आश्विन ८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद