Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बर्दिया : बाघको आक्रमणबाट एक महिलाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र २२,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया । बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिका‐३ की एक महिलाको मृत्यु भएको छ । घर नजिकैको सम्झना सामुदायिक वनमा घाँस काट्न गएको बेला बंशीमगर लाई बाघले आक्रमण गरेको थियो ।

दिउँसो करिब एक बजे घाँस काट्न जानु भएकी उहाँ अबेरसम्म नफर्किएपछि आफन्तहरुले खोजी कार्य शुरु गरेका थिए । खोज्ने क्रममा उहाँले लगाएको कपडा च्यातिएको अवस्थामा भेटिएपछि नजिकैको शशस्त्र प्रहरीको टोलीलाई खबर गरेर थप खोजी गरिएको आफन्तको भनाई छ । वंशीमगरको शव घटना स्थलबाट केही पर बाघले दायाँ हात खाएको अवस्था फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सुचना अधिकारी द्रोणराज शर्माले बताउनु भयो । शब करिब साँझ फेला परेको थियो ।

मृतक कलीको शव पोष्टमार्टमका लागि बर्दिया अस्पतालमा लगिएको छ । विगत् देखि नै यस क्षेत्रमा बाघको आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो छ । गत चैत्र ६ गते दाउरा काट्न गएको समयमा खाता जैविक मार्गमा दुई जना महिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो । घटना भएको सामुदायिक वन खाता जैविक मार्गमा पर्दछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० भाद्र २२,शुक्रबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८० भाद्र २२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद