Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

नेपालको लगातार दोस्रो जित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ६,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, भदौ ६ गते । नेपालले मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ । बायोमास ओभल रंगशालामा बुधबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ३४ रनले हरायो ।

नेपालले सिरिजको पहिलो खेलमा मंगलबार  हङकङलाई ६ विकेटले हराएको थियो । दुई जितसँगै नेपालले चार अङ्क बनाएको छ । लगातार दुई हार खेपेको कुवेत अङ्कविहिन छ । कुवेत पहिलो खेलमा घरेलु टोली मलेसियासँग आठ विकेटले पराजित भएको थियो ।

जितका लागि नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कसवेत निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ५५ रनमा समेटिएको थियो ।कुवेतका लागि जिफा जिलानीले ११ र खादिजा खलिले १० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका इन्दु बर्माले तीन विकेट लिनुभयो । खुशी डंगोलले दुई तथा कविता कुँवर, सीता रानामगर र इश्वरी विष्टले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ८९ रन बनाएको थियो ।

नेपालका लागि इन्दु बर्मा र विन्दु रावलले समान २३/२३ रन बनाउनुभयो । कोजोल श्रेष्ठले अविजित १९ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा कुवेतका मरियम्मा हैदरले चार विकेट लिनुभयो । मरियम उमरले दुई तथा प्रियदा मुरली र खादिजा खलिलले एक एक विकेट लिनुभयो । नेपालले अब सिरिजको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । सिरिजको शीर्ष दुई टोलीबिच शनिबार फाइनल खेल हुनेछ ।

आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपालले मलेसिया, हङकङ र कुवेत सम्मिलित सिरिज खेलेको हो । नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगस्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामै खेल्नेछ ।

नेपाल रहेको समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स (युएई), कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेको छ ।

नेपालले पहिलो खेल ३१ अगस्टमा मलेसिया, दोस्रो खेल सेप्टेम्बर १ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ३ मा भुटान, चौथो खेल सेप्टेम्बर ४ मा कतार र अन्तिम खेल सेप्टेम्बर ६ मा युएईसँग खेल्नेछ ।

समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा ग्लोबल महिला टी–२० विश्वकप छनोट खेल्न पाउनेछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जमा बिन्दवासिनी माई टी–२० क्रिकेट प्रतियोगिता सुरु
खेलकुद

वीरगञ्जमा बिन्दवासिनी माई टी–२० क्रिकेट प्रतियोगिता सुरु

प्रकाशित : २०८० भाद्र ६,बुधबार
पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
खेलकुद

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

प्रकाशित : २०८० भाद्र ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद