Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

नेपालको लगातार दोस्रो जित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ६,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, भदौ ६ गते । नेपालले मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ । बायोमास ओभल रंगशालामा बुधबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ३४ रनले हरायो ।

नेपालले सिरिजको पहिलो खेलमा मंगलबार  हङकङलाई ६ विकेटले हराएको थियो । दुई जितसँगै नेपालले चार अङ्क बनाएको छ । लगातार दुई हार खेपेको कुवेत अङ्कविहिन छ । कुवेत पहिलो खेलमा घरेलु टोली मलेसियासँग आठ विकेटले पराजित भएको थियो ।

जितका लागि नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कसवेत निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ५५ रनमा समेटिएको थियो ।कुवेतका लागि जिफा जिलानीले ११ र खादिजा खलिले १० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका इन्दु बर्माले तीन विकेट लिनुभयो । खुशी डंगोलले दुई तथा कविता कुँवर, सीता रानामगर र इश्वरी विष्टले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ८९ रन बनाएको थियो ।

नेपालका लागि इन्दु बर्मा र विन्दु रावलले समान २३/२३ रन बनाउनुभयो । कोजोल श्रेष्ठले अविजित १९ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा कुवेतका मरियम्मा हैदरले चार विकेट लिनुभयो । मरियम उमरले दुई तथा प्रियदा मुरली र खादिजा खलिलले एक एक विकेट लिनुभयो । नेपालले अब सिरिजको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । सिरिजको शीर्ष दुई टोलीबिच शनिबार फाइनल खेल हुनेछ ।

आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपालले मलेसिया, हङकङ र कुवेत सम्मिलित सिरिज खेलेको हो । नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगस्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामै खेल्नेछ ।

नेपाल रहेको समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स (युएई), कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेको छ ।

नेपालले पहिलो खेल ३१ अगस्टमा मलेसिया, दोस्रो खेल सेप्टेम्बर १ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ३ मा भुटान, चौथो खेल सेप्टेम्बर ४ मा कतार र अन्तिम खेल सेप्टेम्बर ६ मा युएईसँग खेल्नेछ ।

समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा ग्लोबल महिला टी–२० विश्वकप छनोट खेल्न पाउनेछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

इन्टर कलेज वाद–विवाद प्रतियोगिताको तेस्रो चरण सम्पन्न, दुई विद्यार्थी फाइनलमा चयन
खेलकुद

इन्टर कलेज वाद–विवाद प्रतियोगिताको तेस्रो चरण सम्पन्न, दुई विद्यार्थी फाइनलमा चयन

प्रकाशित : २०८० भाद्र ६,बुधबार
“खेली मधेश, जीती मधेश” नारासहित पर्सा जिल्ला खेलकुद विकास समितिको प्रथम वार्षिकोत्सव सम्पन्न
खेलकुद

“खेली मधेश, जीती मधेश” नारासहित पर्सा जिल्ला खेलकुद विकास समितिको प्रथम वार्षिकोत्सव सम्पन्न

प्रकाशित : २०८० भाद्र ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद