Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्ब २८ करोड बढी बजेट

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ८,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६८ हजार २९० रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।

उपमहानगरपालिकाले शुक्रबार आयोजना गरेको १०औँ नगर अधिवेशनमा नगर उपप्रमुख किशोरी साहले आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६८ हजार २९० रुपैयाँको अनुमानित आयव्ययको प्रस्तुत गरेका हुन् ।

‘सफा, स्वच्छ, सुन्दर र सु–संस्कृत जनकपुरधाम उपमहानगर’ बनाउने नारासहित उपप्रमुख साहले विनियोजित खर्चमध्ये चालु खर्च १ अर्ब १३ करोड ६२ लाख, पुँजीगत खर्च ५६ करोड ९५ लाख १८ हजार २९०, वित्तीय व्यवस्थापन तर्फ ५ करोड ३३ लाख ३४ हजार र युआरएलआईपी सञ्चालन तर्फ ५२ करोड ३३ लाख १७ हजार रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

उनले यसका अतिरिक्त विनियोजन बजेटमा अन्य अनुदान शीर्षक अन्तर्गत सामाजिक सुरक्षा भत्तालगायतमा बजेट सिलिङ्ग प्राप्त नभएकोले थप शीर्षकमा विनियोजित भई आउने रकम सोही अनुसार विनियोजन हुने बताए ।

उल्लेखित खर्च व्यहोर्न कुल राजश्वको अनुमान २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९० रुपैयाँ पेश गरिएको छ । जसमध्ये आन्तरिक स्रोतबाट ८० करोड ४३ लाख ११ हजार २९०, बाह्य स्रोतबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार) तथा यूआरएलआईपी सञ्चालनको लागि नगर विकास कोषबाट प्राप्त हुने आन्तरिक ऋण ८ करोड ३७ लाख ६० हजार राजश्व, ऋण तथा अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।

आन्तरिक स्रोततर्फ आन्तरिक राजश्व २१ करोड, नेपाल सरकार राजश्व बाँडफाँटबाट ३४ करोड ८४ लाख २६ हजार एक सय, प्रदेश सरकार राजश्व बाँडफाँटबाट १ करोड ८८ लाख ८५ हजार १९०, नगर विकास कोष ऋण ८ करोड ३७ लाख ६० हजार र जनसहभागिताबाट २ करोड ७० लाख प्राप्त हुने अनुमान गरिएको छ । यस्तै उपमहानगरपालिकाको सञ्चित कोषमा बैंक मौज्दात २० करोड रहने अनुमान छ ।

बाह्य स्रोततर्फ अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार) राजश्व र अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।

संघीय सरकारको सशर्त अनुदानबाट ६० करोड २९ लाख र नेपाल सरकार समानीकरण अनुदानबाट ३२ करोड ५० लाख, समपूरक अनुदानबाट १ करोड २५ लाख र युआरएलआईपी कार्यक्रम सञ्चालनको लागि ४० करोड १२ लाख २३ हजार गरी जम्मा १ अर्ब ३४ करोड १६ लाख २३ हजार राजश्व तथा अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।

प्रदेश सरकार सशर्त अनुदानबाट १ करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदानबाट ७५ लाख, प्रदेश सरकार समपूरक अनुदानबाट ५० लाख र प्रदेश सरकार समानिकरण अनुदानबाट २ करोड ५१ लाख ७५ हजार गरी ५ करोड २६ लाख ७५ हजार राजश्व तथा अनुदान प्राप्त हुने अनुमान छ ।

त्यस्तै, सार्वजनिक स्थानमा फोहरमैला संकलनको लागि डस्टबिन व्यवस्थापन गर्न ३० लाख, लामखुट्टे नियन्त्रणको लागि अध्ययन गर्न २० लाख तथा सोको प्रतिवेदन अनुरुप कार्य गर्न थप २ करोड ५० लाख, नगरपालिकाको आफ्नो सवारी साधन पार्किंगस्थल तथा ग्यारेजको लागि १ करोड ५० लाख, नगर सौन्दर्यीकरण योजना तथा फोहरमैला प्रशोधन केन्द्र निर्माणको लागि २ करोड ५ लाख, रंगभूमि मैदान व्यवस्थापनको लागि सहलगानी अनुरुप २० लाख, रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा थप निर्माण गर्न २० लाख र घुम्ती शौचालय खरिद गरी सञ्चालन गर्न ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

कार्यक्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख मनोजकुमार साहले स्वास्थ्य, शिक्षा, पूर्वाधारको विकासलाई जोड दिनुका साथै सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै असारे विकासलाई निरुत्साहित गरिने भन्दै उनले उपमहानगरपालिकाको प्रशासनिक सेवालाई चुस्तदुरुस्त बनाउने बताए ।

परम्परागत विधिलाई परिमार्जित गर्दै उपमहानगरपालिकाको सबै वडालाई अनलाइन प्रविधिसँग जोडिने उनले बताए । उनले जनकपुरधामलाई नेपालको सांस्कृतिक राजधानी घोषणा गर्न नेपाल सरकारसँग पहल गरिने समेत बताए ।

सडकमा खुला रूपमा विचरण गर्ने छाडा चौपायाहरूको उचित व्यवस्थापनका लागि वडा नं. १२ मा पहिलो चरणको गौशाला निर्माण सम्पन्न भएको बताउँदै उनले सोको सञ्चालन २०८० श्रावण १ गतेबाट हुने जानकारी दिए ।

सामूहिक, व्यावसायिक खेतीलाई प्रोत्साहन गर्दै बजार सुनिश्चित गरिनुका साथै सोको लागि सार्वजनिक निजी साझेदारीमा एक वैज्ञानिक तथा व्यवसायिक अत्याधुनिक व्यवसायिक कृषि बजार सञ्चालन गरिनेछ । सार्वजनिक निजी साझेदारीमा जनकपुरधाम उपमहानगरपालिकामा एउटा शीतगृह, कृषि भण्डारण र वितरण केन्द्र स्थापना गरी किसानको उत्पादनलाई बजारीकरण गरिनेछ । “एक टोल एक सामूहिक कृषि उत्पादन, उत्पादन क्षेत्र’’ नीतिमार्फत आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माण गरिनेछ ।

युवालक्षित सहकारी र सामुदायिक खेती प्रणालीमा प्रोत्साहित खेती गरिनेछ । साना किसानहरूलाई सिँचाइका लागि निःशुल्क वाटरपम्प तथा ट्युबेल वितरणमा नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरिनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार ८,शुक्रबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद