Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

आइओसीलाई किस्ता तिर्न नपुगेपछि निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ २६,बिहीबार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २६ जेठ (रासस) ः नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई किस्ता तिर्न रकम नपुगेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु ८ र डिजेल÷मट्टितेलमा प्रतिलिटर रु १२ वृद्धि गरेको हो ।

मूल्य बढेसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर रु १७८ र डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर १६५ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

बुधबारसम्म निगमले आइओसीलाई रु २० अर्बभन्दा बढी रकम तिर्न बाँकी छ । निगमले प्रत्येक अङ्ग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको र आइओसीलाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै गएकाले मूल्यवृद्धि गर्नुपरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।

निगमले गत सातामात्र पेट्रोल, डिजेल÷मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० घटाएको थियो । मूल्य समायोजनपछि पनि पाक्षिकरुपमा रु तीन अर्ब ८९ करोड घाटा रहँदै आएको निगमको भनाइ छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०७९ जेष्ठ २६,बिहीबार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०७९ जेष्ठ २६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद