Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

ज्येष्ठ नागरिक सङ्घ, पर्साको चौथो जिल्ला अधिवेशन तथा १०औं साधारणसभा सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १८,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१८ चैत। ज्येष्ठ नागरिक सङ्घ, पर्साको चौथो जिल्ला अधिवेशन तथा १०औं साधारणसभा शुक्रवार वीरगंजमा सम्पन्न भएको छ ।

ज्येष्ठ नागरिक पार्क, लक्ष्मणवामा भएको साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सङ्घ सरकारले ज्येष्ठ नागरिकहरूलाई नहेरे पनि महानगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई संरक्षण दिने बताए । आफू निर्वाचित भएदेखि ज्येष्ठ नागरिकहरूको लागि सङ्घ र प्रदेश सरकारसँग पहल गर्दै आएको बताए ।

नगरप्रमुख सिंहले महानगरले गर्नुपर्ने सहयोग त छँदैछ, त्यसबाहेक अति आवश्यक परेको बेला वीरगंज महानगर सहयोग गर्न तयार रहेको बताए ।

ज्येष्ठ नागरिकको अधिकार तथा सुरक्षाको विषयमा महानगरको कर्तव्य तथा कानून बनाउन पछि नपर्ने नगरप्रमुख सिंहको भनाइ थियो । उनले दातृ सङ्घसंस्थाबाट ज्येष्ठ नागरिकहरूको लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरी अगाडि बढ्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष छत्र प्रधानले ज्येष्ठ नागरिकहरूको अधिकार प्राप्तिको लागि लामो समयदेखि प्रयास भइरहे तापनि केही समय पहिलादेखि स·ठित भई अधिकारको लडाइ“मा आफूहरू लागिपरेको बताए । नेपालको संविधान २०७२ ले ज्येष्ठ नागरिकलाई प्रदान गरेको हक तथा अधिकार धेरै स्थानीय सरकारले पालना गर्न नमानेको बताए । नेपालमा सङ्घीयता आएपछि ज्येष्ठ नागरिकको मुद्दा सम्बोधन हुने गरेकोप्रति उनले खुशी व्यक्त गरे ।

संविधानले ज्येष्ठ नागरिकको लागि धेरै कुरामा अधिकार दिएको तर सरोकारवालाहरूले नमान्ने अवस्था रहेकाले सोको लागि लड्नुपर्ने आवश्यकतामा जोड दिए । यातायात, अस्पताललगायत अन्य धेरै क्षेत्र छन्, जहाँ ज्येष्ठ नागरिकको लागि केही अधिकार दिइएको छ, तर उनीहरू अहिले नमान्ने अवस्थामा छन्, जसको लागि महासङ्घले सङ्घर्ष गरिरहेको उनले बताए । यदि कसैले आफ्नो बुबाआमालाई हेरचाह गरेन, यातना दिइरहेको छ भने स्थानीय तहमा उजूरी गरे कारबाहीस“गै सम्पत्ति रोक्का गर्ने अधिकारसमेत दिएको उनले बताए ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष शारदा चन्दले आफू ज्येष्ठ नागरिक हुनुभन्दा पहिले सरकारी सेवामा काम गर्दा ज्येष्ठ नागरिकहरूले भोगेका समस्याहरू स्मरण गर्दै आगामी दिनमा यस्तो समस्या हुन नदिन आफूहरूले अहिले सङ्घर्ष गरिरहेको बताइन् । सार्वजनिक जीवनमा काम गर्दा अधिकांश समय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हकअधिकारको क्षेत्रमा नै काम गरेकोले नेपाल सरकारले नीति बनाए पनि प्रयोगमा नआएको बताइन् । अबको आवश्यकता कोही, केही नभएका ज्येष्ठ नागरिकहरूका लागि आवास तथा हिंसामा परेका ज्येष्ठ नागरिकहरूको लागि सुरक्षासहितको व्यवस्थापनको आवश्यकता रहेको बताइन् । हिजोसम्म धनसम्पत्ति जोडेका आफूहरू अहिले ज्येष्ठ नागरिक भएपछि परिवारका सदस्यले विश्वास नगर्ने, परेको बेला ऋण नदिने कस्तो समय आएको उनको भनाइ थियो ।

जिल्ला अध्यक्ष जगदीशप्रसाद शर्माको सभापतित्वमा शुरू भएको कार्यक्रममा केन्द्रीय सदस्य सूर्य

श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, भारतीय महावाणिज्यदूत नितेश कुमारलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रहरी उपरीक्षक कोमल शाह, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, सप्रजिअ भीमकान्त पौडेललगायतको सहभागिता थियो ।

कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष पशुपति विक्रम शाहले स्वागत मन्तव्य तथा कार्यक्रमको सञ्चालन जीतेन्द्रपुरुष ढकालले गरेका थिए । कार्यक्रममा पशुपति विक्रम शाह, जुमाद्दीन शेख हवारी, ई. बैजनाथप्रसाद कोइरी, विनय गौतम, रामप्रसाद पण्डित, विश्वनाथ चौरसियालाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

आजको साधारणसभाले श्यामप्रसाद पोखरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नया“ कार्यसमितिमा उपाध्यक्ष बैजनाथ कोइरी, सचिव विनय गौतम, कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठ, उपसचिव रामप्रसाद पण्डित, उपकोषाध्यक्ष लालबाबू खान र सदस्यहरूमा उदयराज शर्मा, सावित्रीदेवी भूमिहारिन, जानकी पोखरेल, रामाकान्तप्रसाद कलवार छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ चैत्र १८,शनिबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ चैत्र १८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद