Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

आमा नेपाल फाउन्डेशनद्वारा प्रथम वार्षिक उत्सवको आयोजना

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २७,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२७ फागुन । आमा नेपाल फाउन्डेशनद्वारा प्रथम वार्षिक उत्सवको आयोजना गरेको थियो । प्रथम वार्षिक उत्सव विरगन्ज स्थित जैन भवनमा आदर्शनगरमा आयोजना गरिएको थियो ।

११३ औं अन्तराष्ट्रिय नारी दिवस तथा आमा नेपाल महिला केन्द्रित संस्था भएकोले नारी दिवसलाई नै फाउन्डेशनको स्थापना दिवस मनाउने निर्णय भए बमोजिम आमा नेपालले हरेक वर्षको नारी दिवसलाई स्थापना दिवसको रुपमा मनाउने आमा नेपाल फाउन्डेशनका अध्यक्ष प्रमीता मानन्धर ज्युले जनाउनु भएको थियो ।

यस वर्ष अन्तराष्ट्रिय नारी दिवसकै दिन तराईमा होली पर्वको उल्लास भएकोले प्रविधिक कठिनाई परेकोले आज वार्षिक उत्सव मानाएको अध्यक्ष प्रमीता मानन्धरले जनाएका थिए । आज सम्पन्न भएको वार्षिक उत्सवको उद्घाटन प्रमुख अतिथि विरगन्ज महानगरपालिकाका मेयर श्री राजेशमान सिंह ज्युले गर्नु भएको थियो ।

वार्षिक उत्सव कार्यक्रममा विरगन्ज महानगरपालिकाका मेयर श्री राजेशमान सिंह तथा उहाँको अर्धागीणी विरगन्जका प्रथम महिला श्रीमति अन्नपुर्ण मानन्धर ज्युलाई आमा नेपाल फाउन्डेशनद्वारा आमा नेपालकी अध्यक्ष तथा जेष्ठ महिला श्री नारायणी देबी मानन्धर ज्युले सम्मान पत्र प्रदान गर्नु भएको थियो । त्यसैगरी समाजसेवी, विरगनज उधोग वाणिज्य संघका पुर्व अध्यक्ष तथा विरगन्ज महानगर सदभावना दुत श्री अशोक बैध ज्यु, सशस्त्र प्रहरी १३ नं. गणका प्रहरी नायब उपरिक्षक श्री सन्तोष वस्नेत ज्य, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक मनिषा लौडारी ज्यु, विरगन्ज महानगरपालिकाका पूर्व उपमेयर प्रत्यासी तथा जसपा महिला फोरमका प्रदेश उपाध्यक्ष श्रीमती पिंकी यादव ज्यु, जेष्ठ नागरिक श्रीमति नारायणी देबी मानन्धर ज्यु, समाजसेवी तथा महिला उद्यमी श्रीमति शुसिला साह ज्यु, समाजसेवि तथा सेस्मी इन्टरनेशनलका डाइरेक्टर श्रीमति अश्मा सिंह यादव ज्यु, समाजसेवी तथा बिजी बि किड मन्टेशोरीकी सञ्चालिका श्रीमती रोशनी श्रीवास्तव ज्यु पत्रकार महासंघ पर्साका उपाध्यक्ष श्री युवराज खड्का ज्यु लागाएतलाई आमा नेपाल फाउन्डेशनले प्रशंसा पत्र प्रधान गरिएको थियो ।

कार्यक्रम आमा नेपाल फाउन्डेशनका अध्यक्ष प्रमीता मानन्धर ज्युको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अतिथिहरुमा समाजसेवी, विरगनज उधोग वाणिज्य संघका पुर्व अध्यक्ष तथा विरगन्ज महानगर सदभावना दुत श्री अशोक बैध ज्यु, सशस्त्र प्रहरी १३ नं. गणका प्रहरी नायब उपरिक्षक श्री सन्तोष वस्नेत ज्य, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक मनिषा लौडारी ज्यु, विरगन्ज महानगरपालिकाका पूर्व उपमेयर प्रत्यासी तथा जसपा महिला फोरमका प्रदेश उपाध्यक्ष श्रीमती पिंकी यादव ज्यु, जेष्ठ नागरिक श्रीमति नारायणी देबी मानन्धर ज्यु, समाजसेवी तथा महिला उद्यमी श्रीमति शुसिला साह ज्यु, समाजसेवि तथा सेस्मी इन्टरनेशनलका डाइरेक्टर श्रीमति अश्मा सिंह यादव ज्यु, समाजसेवी तथा बिजी बि किड मन्टेशोरीकी सञ्चालिका श्रीमती रोशनी श्रीवास्तव ज्यु पत्रकार महासंघ पर्साका उपाध्यक्ष श्री युवराज खड्का ज्यु लगाएत रहनुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ फाल्गुन २७,शनिबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ फाल्गुन २७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद