Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ३१ जेठ । विश्व रक्तदाता दिवस ब्लड डोनर्स एशोसिएशन पर्साले सम्मान कार्यक्रम तथा नेरेसो पर्साले उत्प्रेरणा र तीनवटा संस्थाले रक्तदान कार्यक्रम गरी मनाएका छन् ।

  प्रत्येक वर्ष जून १४ अर्थात् असार ३१ गते विश्व रक्तदाता दिवस मनाइने दिवसको अवसरमा बुधवार ब्लोदान पर्साले राणीसति अतिथि सदनमा सम्मान कार्यक्रम आयोजना गरेको थियो ।

  कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राजेशमान सिंहले शरीरको रगत त्यत्तिकै खेर जाने भएकोले रक्तदान गर्न आग्रह गरे । उनले रक्तदान गर्नेहरुको स्वास्थ्य अवस्था सुदृढ हुने र आपूmले पनि रक्तदान गर्दै आएको बताए । उनले स्वस्थ अवस्थाका १८ वर्षमाथि र ६० वर्ष मुनिका सबैलाई रक्तदान गर्न आग्रह गरे ।

        ब्लोदान पर्साका अध्यक्ष शत्रुघ्न नेपालको अध्यक्ष्Fतामा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुद्दीन ठकुराई, रेडियो वीरगंजका अध्यक्ष्F धु्रव साह, नेगेटिभ रक्त समूहका निशान्त लामिछानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

        कार्यक्रममा २०७९ वैशाखदेखि चैतसम्म सय पिन्ट रक्तदान गर्ने २३ वटा संस्था, सोही अवधिमा दुईपटक वा सोभन्दा बढी रक्तदान गर्ने सङ्घसंस्था, आकस्मिक रक्तदान गर्ने २९ जना रक्तदाता, २३ जना दुर्लभ रक्तदाता, प्रत्येक तीन/तीन महीनामा रक्तदान गर्ने पाँचजना स्वयंसेवी रक्तदाता र रक्तदान कार्यक्रममा जूस सहयोग गर्ने डाबर नेपाल, आर्थिक तथा भौतिक सहयोग गर्ने सञ्जु साह, रामबाबू सिंहलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा ब्लोदानका सदस्य शिवजी गुप्ताले स्वागत र सचिव अरविन्द सिंहले सहजीकरण गरेका थिए ।

        यसैबीच नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले उपशाखाहरुको सहकार्यमा बहुदरमाई नगरपालिकाको  दुई स्थानमा विश्व रक्तदाता दिवसको अवसरमा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । नेरेसो भौराटारका अध्यक्ष काशी साह र गम्हरिया शाखाका अध्यक्ष मौलाद्दीन मियाँको अध्यक्षतामा भएको उत्प्रेरणा कार्यक्रममा नेरेसो पर्साका सभापति वीरेन्द्रराज कँडेल,रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डे र नेरेसो उपशाखा रेशमकोठीका लालबाबू सिंहले रक्तदान सम्बन्धी सहभागीहरुलाई तालीममार्पmत् सचेत गराएका थिए ।

यसैगरी दिवसको अवसरमा पर्सा र बारामा तीनवटा संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।

 नेरेसो पर्सा शाखाले रक्तसञ्चार केन्द्र वीरगंजमा रक्तदान गरेको केन्द्रका प्राविधिक प्रमुख पाण्डेले बताए । नारायणी वयोधा मेडिसिटी अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा सातजना महिलासहित ४१ जनाले रक्तदान गरेको प्राविधिक धीरेन्द्र झाले बताए । बाराको छातापिपरामा सौरभ पूmड कन्सर्नले आयोजना गरेको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेतृत्वको नारा गुञ्जायमान : बीरगञ्ज–२६ मा रास्वपा उम्मेदवार कानुको घरदैलोमा उत्साह
मुख्य समाचार

युवा नेतृत्वको नारा गुञ्जायमान : बीरगञ्ज–२६ मा रास्वपा उम्मेदवार कानुको घरदैलोमा उत्साह

प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
वीरगञ्ज भन्सार कार्यालयको कारोबारमा कमी
मुख्य समाचार

वीरगन्ज नाकाबाट खाद्यान्न आयात घट्यो, ६ महिनामा ११ अर्ब ५७ करोडको आयात

प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद