Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

१४ हजार भन्दाबढि बालबालिको पर्सामा कसरी भए पूर्ण खोपबाट बञ्चित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुर्ण खोप सुनिश्चितता तथा दिगोपनाको लागि सुक्ष्मयोजना तथा सरसफाइ प्याकेजको पुणर्ताजगी तीन दिने तालिम कार्यक्रम को उद्घाटन भएको छ । स्वास्थ कार्यालय पर्सा मधेस प्रदेश को आयोजनामा गरिएको छ । जिल्ला स्वास्थ कार्यालय पर्साका कोल्ड चेन प्रमुख मोहनलाल साह अध्यक्ष्तामा कार्यक्रमका प्रमुख अतिथि महानगर का प्रेस सल्लाहकार महेश दास रहेका थिए । कार्यक्रममा बिरगंज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रितेश जैसवाल लगायात कार्यक्रम संचालन स्वास्थ कार्यालय पर्सा मधेस प्रदेश अधिकृत जैमोद ठाकुरले गरेका थिए । नियमित खोप तालिकामा एफाआइपिभि खोपको बारे,छुट बच्चालाई खोप दिने तथा डिले सेडुयलबारे विशेष छलफल कार्यृक्रममा अधिकृत ठाकुरले भने जिल्लामा गत पाँच वर्षको अवधिमा १४ हजार ७१५ जना बालबालिका पूर्ण खोपबाट बञ्चित भएका छन् । स्वास्थ्य कार्यालय पर्साको तथ्यांक अनुसार , आर्थिक वर्ष २०७५÷७६ देखि चालु आर्थिक वर्ष २०७९÷८० सम्म जिल्लाका १४ वटै पालिकामा गरि पूर्णखोपबाट १४ हजार ७१५ बालबालिका बञ्चित भएका हुन् ।
जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई विभिन्न १३ प्रकारका खोप नेपाल सरकारले स्वास्थ्य संस्थाहरु मार्फत निशुल्क उपलब्ध गराउदै आएको छ । सरकारले जिल्लाका हरेक वडामा खोपकेन्द्र स्थापना गरि निशुल्क खोप उपलब्ध गराउँदै आएको भएपनि जिल्लामा यति धेरै संख्यामा बालबालिकाहरु पूर्ण खोपबाट बञ्चित हुन पुगेका हुन् ।
जिल्लाको १४ पालिका मध्ये सबै भन्दाबढि वीरगन्ज महानगरमा मात्रै ७ हजार ५९३ बालबालिका पूर्णखोपबाट बञ्चित हुन पुगेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी गराए । यसका साथै पर्सामा चालु आर्थिक वर्ष २०७९÷८० मा पूर्णखोप (१० वटै प्रकारका खोप ) लिनुपर्नेमा बिचमै खोप लिन छाड्ने ( ड्रप आउट ) बालबालिकाको संख्या २६ प्रतिशत रहेको ठाकुरले बताए । वीरगन्ज महानगरपालिकामा भने ड्रप आउट हुने बालबालिकाको संख्या झन् धेरै अर्थात ३८ प्रतिशत रहेको ठाकुरले बताए ।
खोप केन्द्रमा खटिने स्वास्थ्यकर्मीको लापरवाही ,चाँडपर्बका बेला खोप सेसन सञ्चालन नहुननु , खोप सेसनको सञ्चालन मिति र समय निश्चित नहुनु ,अभिभावकहरुको हेलचेक्रयाई , अभिभावकमा सचेतनाको कर्मी इत्यादि कारणले जिल्लामा यस्तो समस्या देखिएको ठाकुरले बताए ।
त्यसैलाई मध्यनजर गरि स्वास्थ्य कार्यालय पर्साले वीरगन्जमा आइतबारदेखि स्वास्थ्यकर्मीका लागि तीनदिने पुर्नताजगी तालिम सञ्चालन गरेको छ ।पूर्ण खोप सुनिश्चितता तथा दिगोपनको लागि पुर्नताजगी तालिमममा जिल्लाका १४ वटै पालिकामा रहेका सरकारी ३३ वटा र नीजी ४ वटा स्वास्थ्य संस्थाका गरि ९२ जना स्वास्थ्यकर्मी सहभागी छन् ।
तालिममा सहभागीहरुलाई राष्ट्रिय खोप कार्यक्रमको लक्ष्य , उदेश्य , उपलब्धी र चुनौती लगायतका विषयमा खोप विज्ञहरुले प्रशिक्षण दिइरहेको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी गराए । यसका साथै जिल्लाका कोहिपनि बालबालिका नियमित खोपबाट बञ्चित नहोउन् भन्नका लागि स्वास्थ्यकर्मीले अपनाउनुपर्ने विधी र उपाय बारेपनि प्रशिक्षण दिइने उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

आर्थिक समृद्धिको आधार नेपाली काँग्रेस मात्रै हो : अनिल रुङटा
राजनिती

आर्थिक समृद्धिको आधार नेपाली काँग्रेस मात्रै हो : अनिल रुङटा

प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित
मुख्य समाचार

वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित

प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद