Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरालिकाले ल्याब सेवा विस्तार गर्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

Anews Logo

Live

Search

पोखरा विमान दुर्घटनाको नयाँ इतिहासले नेपाल एयरलाइन्सको नियम परिवर्तन गरेको छ बलेन शाहले पोखरा एयरलाइन्सको विमान दुर्घटना प्रणालीमा गडबडी भएको बताए

menu

chevron_left

close

house

ताजा खबर

प्रदेश

राष्ट्रिय

खेलकुद

अन्तराष्ट्रिय

अर्थवाणीज्य

जीवनशैली

पत्रपत्रिका

बिचार ब्लग

भिडियो समाचार

मनोरन्जन

राजनिती

राेचक

स्थानिय

समाज

स्थानिय

वीरगन्ज महानगरले ल्याब सेवा विस्तार गर्दै

अहिले महानगरको थप चार वडामा बर्थिङ सेन्टरबाट विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग सेवा सञ्चालन गरिने छ

०४ None २०८०

Ankita (Anews Nepal) द्वारा पोस्ट

 

वीरगञ्ज ।  वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउन ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ सञ्चालन गरेको महानगरपालिकाले सो कार्यक्रमलाई थप प्रभावकारी र दिगोपनका लागि ग्रामीण क्षेत्रका वडामा बर्थिङ सेन्टर विस्तारसँगै विशेषज्ञ चिकित्सकसहितको बहिरङ्ग सेवा सञ्चालन  गर्ने तयारी गरेको हो ।

कार्यक्रमलाई दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि बर्थिङ सेन्टरमा नै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने भएको वीरगन्ज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका स्वाथ्य अधिकृत रितेश जयसवालले जानकारी दिनुभयो ।

अहिले महानगरको थप चार वडामा बर्थिङ सेन्टरबाट विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग सेवा सञ्चालन गरिने छ । अर्को वर्ष पुनः अन्य स्थानमा स्थापना भएका बर्थिङ सेन्टरबाट सेवा सञ्चालन गरिने जयसवालले बताउनुभयो ।

हाल महानगरको वडा नम्बर २८ बबै र वडा नम्बर २१ लिपनी विर्तामा बर्थिङ सेन्टर सञ्चालनमा छ । चालु आर्थिक वर्ष २०७९८० मै महानगरपालिकाले वडा १८ भवानीपुर, वडा नम्बर १९ को बिन्दवासनी, वडा नम्बर २० को हरपतगज र वडा नम्बर ३० को लालपर्सामा बर्थिङ सेन्टर स्थापना गरी विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।

यसका लागि पाँच विशेषज्ञ चिकित्सक, १० नर्स र पाँच ल्याब टेक्निसियनको छनोट प्रक्रिया अन्तिम चरणमा छ । सो कार्य सम्पन्न भएपछि बर्थिङ सेन्टरबाटै बहिरङ्ग सेवा र ल्याब सेवा सञ्चालन गरिने जयसवाल बताउनुहुन्छ ।

ग्रामीण क्षेत्रमा पर्ने ती वडामा बर्थिङ सेन्टर र ल्याब सेवा सञ्चालन भएपछि वरिपरिका करिब १६/१७ वडाका नागरिक लाभान्वित हुने वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो ।

जनताको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने भएकाले ग्रामीण क्षेत्रका ती चार वडामा बर्थिङ सेन्टर विस्तार गरी विशेषज्ञसहितको स्वास्थ्य सेवा र ल्याब सेवा सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ ।

बर्थिङ सेन्टरबाटै विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा प्रदान गर्ने तयारी भएपछि महानगरपालिकाको तत्कालका लागि ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ स्थगित गरेको स्वास्थ्य अधिकृत जयसवालले बताउनुभयो ।

गत २०७९ भदौ महिनादेखि सुरु भएको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ अन्तर्गत हालसम्म १० हजार २३३ जनाले बहिरङ्ग सेवामा स्वास्थ्य परीक्षण गराएको महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले जनाएको छ ।

महानगरपालिकाको १२ वडामा सञ्चालन गरिएको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ अन्तर्गत कूल १० हजार आठ सय ८५ जनाले जाँचका लागि नाम दर्ता गराएकामा छ हजार चार सय २१ महिला र तीन हजार आठ सय १२ पुरुषले स्वास्थ्य परीक्षण गराएको जयसवालले बताउनुभयो । यस्तै वीरगञ्ज–४ विर्तामा पनि ल्याब सेवा सञ्चालन गर्न लागिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

आर्थिक समृद्धिको आधार नेपाली काँग्रेस मात्रै हो : अनिल रुङटा
राजनिती

आर्थिक समृद्धिको आधार नेपाली काँग्रेस मात्रै हो : अनिल रुङटा

प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित
मुख्य समाचार

वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित

प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद