Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

वीरगञ्जमा पनि विविध कार्यक्रम गरी मनाइयो विश्व क्षयरोग दिवस

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जमा पनि विविध कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाइएको छ । ‘हो हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने नाराका साथ वीरगञ्ज महानगरपालिकाको जन स्वास्थ्य प्रवद्र्धन शाखाले विभिन्न कार्यक्रम गरि दिवस मनाएको हो ।

दिवसको अवसरमा बिहान घण्टाघर चोकबाट सचेतनामुलक र्याली निकालिएको थियो । उक्त र्याली आदर्शनगर हुँदै नगर परिक्रमा पछि पुन घण्टाघर फर्किएर कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागी भएका स्वास्थ्यकर्मीले सचेतनामुलक प्लेकार्ड बोक्नुका साथै क्षयरोग सम्बन्धि सचेतनामुलक सन्देश लेखिएका पम्पलेट वितरण समेत गरेका थिए ।

महानगरको स्वास्थ्य शाखामा कार्यरत तथा क्षयरोग रोकथामका फोकल पर्सन सुमनचन्द्र ठाकुरको संयोजकत्व र वीरगञ्ज महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रितेश जैसवालको प्रमुख आतिथ्यतामा भएको र्यालीमा स्वास्थ्य कार्यालय पर्साका विनोद झा, नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंह, विद्यार्थी जागरण मञ्चका अनोज खड्का लगायतको सहभागीता थियो ।

महानगरमा रहेका ३४ वटै स्वास्थ्य संस्थामा पनि सचेतनामुलक कार्यक्रम गरि विश्व क्षयरोग दिवस मनाइएको क्षयरोग रोकथामका फोकल पर्सन सुमनचन्द्र ठाकुरले जानकारी दिए ।

क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुने गर्दछ ।

नेपालमा क्षयरोगबाट प्रत्येक दिन करिब ४७ जनाको मृत्यु हुने गरेको छ । यस्तै दैनिक १ सय ९० जना हाराहारीमा क्षयरोगीका नयाँ बिरामी थपिने गरेका छन् । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार मुलुकमा हाल १ लाख १७ हजार क्षयरोगका विरामी छन् भने वर्षेनी ६९ हजार नयाँ विरामी थपिने गरेका छन् ।

नेपालमा क्षयरोका कारण वर्षेनी १७ हजार जनाले ज्याउन गुमाउनु परेको केन्द्रको तथ्याङक छ । विश्वमा भने वार्षिक १ करोड व्यक्तीलाई क्षयरोगको संत्रमण हुने गरेको छ भने १५ लाख जनाले क्षयबाट ज्यान गुमाउने गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बहुदरमाईका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर, २९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण
मुख्य समाचार

बहुदरमाईका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर, २९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
नेशनल एकेडेमीको ‘फेयरवेल’ – “डिग्री मात्रै होइन, समाजसँग जोडिनु पनि जरुरी”
मुख्य समाचार

नेशनल एकेडेमीको ‘फेयरवेल’ – “डिग्री मात्रै होइन, समाजसँग जोडिनु पनि जरुरी”

प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद