Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सवारी दुर्घटनामा परी कालिकामाई गाउँपालिकाका शिक्षकको निधन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ३,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, ०३ पुष । सवारी दुर्घटनामा परेर पर्सामा एकजना शिक्षकको मृत्यु भएको छ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नम्बर २ स्थति श्री सुकई साह माध्यमिक विद्यालयमा कार्यरत ३५ बर्षिय रामनरेश प्रसाद कुशवाहाको शनिबार सवारी दुर्घटनामा परेर मृत्यु भएको हो ।

 

भारत बिहारको रामनगरमा ट्रकको ठक्करबाट सोही गाउँपालिका वडा नम्बर २ भेडिहारी निवासी शिक्षक कुशवाहाको शनिबार दिउँसो ३ बजेको करिबमा मृत्यु भएको प्रहरीले जनाएको छ । रामनगरस्थित चिनिमिल अगाडीको सडकमा मोटरसाइकलमा सवार उनलाई ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक रामनगर चिनिमिल कै रहेको वताइएको छ ।

स्थानियका अनुसार शिक्षक कुशवाहा शुक्रबार रामनगर पुगेका थिए । रामनगरबाट शनिबार मोटरसाइकले घर फर्कने क्रममा ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको थियो ।

कुशवाहाको निधन भएको शोकमा कालिकामाई गाउँपालिकाले आइतबार विदा दिएको छ । गाउँ कार्यपालिकाका कार्यालयले आइतबार एउटा सूचना जारी गर्दै सवारी दुर्घटनामा परि ज्यान गुमाएका कुशवाहाको निधनले सिंगो कालिकामाई गाउँपालिकालाई स्तब्ध तुल्याएको बताउँदै आइतबार विदा दिएको हो ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ पुष ३,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ पुष ३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद