वीरगञ्ज । पर्साको वीरगञ्जस्थित गहवामाई मन्दिर अगाडि बिहीबार बिहानदेखि राजसंस्थाको समर्थनमा हस्ताक्षर अभियान सुरु गरिएको छ।
बिहीबार बिहान करिब ७ः३० बजेदेखि सुरु भएको अभियानमा विभिन्न उमेर समूहका नागरिक, विशेषगरी युवाहरूको उल्लेखनीय सहभागिता देखिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार यो अभियान देशभर सञ्चालन गरिनेछ। अभियानमार्फत करिब १ करोड १२ लाख नागरिकको हस्ताक्षर संकलन गर्ने लक्ष्य राखिएको उनीहरूको भनाइ छ।
अभियानका क्रममा सहभागीहरूले राजसंस्थाको पुनःस्थापनाको पक्षमा आफ्नो समर्थन जनाउँदै हस्ताक्षर गरेका थिए। अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस


