Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

Gen Z आन्दोलनद्वारा शिक्षामन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण पत्र, मधेश प्रदेशदेखि राष्ट्रिय शिक्षा सुधारका माग

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ कार्तिक १४,शुक्रबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।
Gen Z आन्दोलनले शिक्षाको सुधारका लागि ११ बुँदे ध्यानाकर्षण पत्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई बुझाएको छ। उक्त पत्रमा नेपालमा रहेको शिक्षा प्रणालीमा देखिएका समस्या समाधान गर्दै गुणस्तरीय, पारदर्शी र समावेशी शिक्षाको विकास गर्न माग गरिएको छ।
ध्यानाकर्षण पत्रमा विद्यालयदेखि विश्वविद्यालयसम्म सुधार गर्नुपर्ने विभिन्न विषयहरू समेटिएका छन्। आन्दोलनका तर्फबाट बुझाइएको पत्रमा भनिएको छ,
“Gen Z आन्दोलनले शिक्षामा देखिएका जटिल समस्याहरू समाधान गर्दै विद्यार्थीमैत्री र व्यवहारिक शिक्षा प्रणाली निर्माण गर्न चाहन्छ।”
११ बुँदे मागहरूमा सुधारका प्रमुख क्षेत्रहरू
पत्रमा समावेश प्रमुख बुँदाहरू यस प्रकार छन् , शैक्षिक प्रमाणपत्र र ट्रान्सक्रिप्टको सरलीकरण , अनलाइन प्रणाली विकास गरी प्रमाणपत्र तथा नतिजा प्राप्ति सजिलो बनाउने।शिक्षकको कार्यसम्पादन मूल्यांकन , शिक्षकको नियमित मूल्यांकन गरी कार्यक्षमता सुधार्ने। सार्वजनिक पुस्तकालय र अनुसन्धान केन्द्रको स्थापना – प्रत्येक स्थानीय तहमा पुस्तकालय र अनुसन्धान केन्द्र स्थापना गर्ने। समावेशी शिक्षा सुनिश्चितता – अपाङ्गता भएका विद्यार्थीहरूका लागि सहज पहुँच र विशेष कार्यक्रम सञ्चालन गर्ने।


परीक्षा प्रणाली सुधार – निष्पक्ष र पारदर्शी परीक्षा सञ्चालन गर्ने। राजनीतिक हस्तक्षेप घटाउने – विद्यालय तथा विश्वविद्यालयमा राजनीतिक प्रभाव न्यूनिकरण गर्ने।प्रविधि र अनुसन्धानमा जोड – विज्ञान, प्रविधि र अनुसन्धान केन्द्र स्थापना गरी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने।मधेश प्रदेशको शैक्षिक अवस्था सुधारबारे छलफल शिक्षामन्त्रीसँगको भेटमा टोलीले मधेश प्रदेशको शैक्षिक अवस्था सुधार, Research & Development (अनुसन्धान तथा विकास) केन्द्रहरूको स्थापना, पुस्तकालय व्यवस्थापनको सुदृढीकरण तथा देशभरिको शिक्षा प्रणालीमा रहेका समस्या र चुनौतीबारे गम्भीर छलफल गरेको जनाएको छ।
Gen Z टोलीका तर्फबाट भनिएको छ,“हामीले मन्त्रीज्यूलाई विशेष बुँदा समेटिएको ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका छौं। उहाँले हाम्रो कुरा ध्यानपूर्वक सुन्नुहुँदै आगामी दिनहरूमा हाम्रो मागहरूलाई सरकारले आवश्यक पहल गर्ने आश्वासन दिनुभयो।”

सुधारका लागि सरकारको ठोस पहलको अपेक्षा Gen Z आन्दोलनका प्रतिनिधिहरू विवेक साह, सञ्जिव कुमार न्यौपाने र अनिल कुमार साह ले संयुक्त रूपमा हस्ताक्षर गरेर बुझाएको सो ज्ञापनपत्रले नेपालको शिक्षा प्रणालीमा दीर्घकालीन सुधारका लागि सरकारलाई ठोस कदम चाल्न आग्रह गरेको छ।
मन्त्रीसँगको भेटपछि आन्दोलनका सदस्यहरूले भने,“यो भेटघाटले पर्सा लगायत सम्पूर्ण देशका शिक्षामा सकारात्मक परिवर्तन आउने आशाको सन्देश दिएको छ। सरकारले विद्यार्थीमैत्री, व्यवहारिक र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माणमा अब ढिलो गर्नु हुँदैन।”

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८२ कार्तिक १४,शुक्रबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८२ कार्तिक १४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद