Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल इन्फोटेक कलेजद्वारा आयोजित आइडियाथन कार्यक्रम सम्पन्न । ( फोटो सहित)

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र १,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेशनल इन्फोटेक कलेजद्वारा आयोजित आइडियाथन कार्यक्रम सम्पन्न भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा आयोजित कार्यक्रम बुधवार सम्पन्न भएको हो ।

वर्तमान अवस्थामा देखिएका समस्याहरूलाई प्रविधि र इन्टरनेटको माध्यमबाट समाधान गर्ने परियोजनाहरू निर्माण गर्ने उद्देश्यका साथ आयोजित आइडियाथन कार्यक्रममा कुल १० वटा समूहले सहभागिता जनाएका थिए । जसमध्ये उत्कृष्ट तिन वटा परियोजनालाई पुरस्कृत समेत गरिएको थियो ।

पुरस्कृत हुनेमा प्रथम टिम एफ-५, दोस्रो टिम सान र तेस्रो टिम रेडीएन्ट वान रहेका छन् । उनीहरूलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँबाट पुरस्कृत गरिएको थियो ।

कलेजमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा आयोजित कार्यक्रममा काठमाडौँलगायतका स्थानबाट विज्ञ बोलाएर प्रशिक्षण गराइएको थियो । परीक्षकहरूबाट सिकेर विद्यार्थीले आफै एउटा समस्या खोजेर प्रविधि र इन्टरनेटको माध्यमबाट त्यसको समाधान गर्ने परियोजनाहरू तयार परेका थिए ।

विद्यार्थीहरूले आवश्यकता परेको खण्डमा रगत व्यथापन गर्नेदेखि पुरानो पुस्तक किनबेच, मोबाइल एपबाट सार्वजनिक यातायातको टिकेट बुकिङ लगायतका परियोजनाहरू बनाएको कलेजकी प्रतिनिधि काजल सिंहले जानकारी दिइन् । पढेको कुरालाई वास्तविक जीवनमा लागू गर्दै जटिल समस्याको समाधान खोज्ने सिकाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको सिंहले बताइन ।

उनले भनिन्, ‘पहिलो सेमेस्टरदेखि अन्तिम सेमेस्टरमा पढ्ने विद्यार्थीसम्मको सहभागिता गराएर हामीले उनीहरूबिचको घनिष्ठता बढाउने काम पनि गर्‍यौँ र त्यसको साथै उनीहरूले दैनिक रूपमा कक्षाकोठा भित्र पढ्ने विषयलाई कसरी गर्ने भनेर पनि सिकायौँ । यसरी हामीले उनीहरूलाई अहिलेदेखि नै उद्यमी बन्न सिकाइरहेका छौँ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० चैत्र १,बिहीबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० चैत्र १,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद