Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

आगलागीका घटनामा परी १० वर्षमा सात सय बढीको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ९ चैत ।
पछिल्लो समय आगलागीका घटनामा वृद्धि हुनुका साथै त्यसबाट हुने जनधनको क्षति पनि वृद्धि हुँदै गएको देखिएको छ । आगलागीबाट विसं २०७० वैशाखदेखि २०७९ चैत ७ गतेसम्म भएका १८ हजार सात सय ९१ घटनामा सात सय ६९ जनाको ज्यान गएको छ भने दुई हजार पाँच सय ६८ घाइते भएका तथ्याङ्क छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार उक्त अवधिमा रु २२ अर्ब २३ करोडभन्दा बढीको आर्थिक क्षति भएको छ । डढेलोबाट काठपात, जङ्गली जनावर, जडिबुटीसहित ठूलो पर्यावरणीय क्षति हुने गरेको छ । यसै अवधिमा चट्याङका दुई हजार दुई सय ८० घटना हुँदा नौ सय एक जनाको मृत्यु भएको छ भने दुई हजार पाँच सय ४५ घाइते भएका छन् । साथै दुई हजार आठ सय तीन चौपायाको पनि क्षति भएको तथ्याङ्कमा उल्लेख छ ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विगत १० वर्षमा आगलागीका घटना तेब्बरले वृद्धि भएको जानकारी गराउँदै त्यसको न्यूनीकरण तथा व्यवस्थापनका लागि संरचनागत सुधार, उपकरण हस्तान्तरण, सूचना प्रणालीको विकास, प्रभावकारी सञ्चार, तहगत प्रशिक्षणसहितका पहल गरिरहेको बताउनुभयो । प्राधिकरणले आगलागी, वन डढेलो, चट्याङलगायत सबै प्रकारका विपद् जोखिमको जानकारी प्राप्त गरी सोहीअनुसार न्यूनीकरण तथा व्यवस्थापनका कार्य सञ्चालन गर्न सबै जानकारी एउटै पोर्टलमा व्यवस्थित गर्ने प्रणाली सुरु गरेको छ ।

आगलागी तथा वन डढेलो नियन्त्रणमा खटिने अग्नि–नियन्त्रण दस्ता नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन उपभोक्ता समूह र नेपाल सरकारका वन प्राविधिकहरुका लागि उपयुक्त हुने तालिम सामग्रीको विकास गरी इ–लर्निङ पाठ्यक्रमको डिजाइन भइरहेको उहाँले जानकारी दिनुभयो । प्राधिकरणका उपसचिव तथा डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा वन डढेलो तथा आगलागीका घटना झन् विकराल हुनसक्ने भएकाले यसतर्फ राज्यका सम्बन्धित सबै निकाय र उपभोक्ता पनि सचेत हुनुपर्ने बताउनुभयो ।

प्राधिकरणले आगलागी तथा वन डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री खरिद गरी विभिन्न जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहलाई वितरण गरेको छ । हालसम्म २१ जिल्ला प्रशासन कार्यालयलाई आगलागी नियन्त्रणका लागि बोकेर लैजान मिल्ने पम्पसहित आगलागी नियन्त्रणमा प्रयोग हुने उपकरणहरुको ‘सेट’ नै वितरण गरिएको छ । प्राधिकरणले इलाम, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, सल्यान, सुर्खेत, बाँके, बर्दिया, अछाम, कैलाली, डोटी, डडेल्धुरा र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयमा त्यससम्बन्धी आवश्यक उपकरण वितरण गरिएको जनाएको छ ।

वितरण गरिएका उपकरणका सेटमा पम्पका अलवा फायर स्वाटर, फायर ¥याक, फायर एक्स हो, प्राथमिक उपचारका सामान, फायर फाइटिङ जम्प सुट, फायर बुट, हेल्मेट, ब्याक प्याक जम्प, हेड टर्च, बेल्चालगायत छन् । तनहुँका आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, खोटाङको वराहपोखरी गाउँपालिका, रामेछापको मन्थली नगरपालिका र चितवनको रत्ननगर नगरपालिकालाई पनि पम्पसहित आगलागी नियन्त्रणमा प्रयोग हुने उपकरणहरुको ‘सेट’ उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालय रसुवा र सिन्धुपाल्चोक एवं सप्तरीको तिरहुत गाउँपालिका र ताप्लेजुङका फुङलिङ नगरपालिका एवं मिरङ्देन गाउँपालिकालाई भने बोकेर लैजान मिल्ने पम्प हस्तान्तरण गरिएको छ ।

आगलागी तथा वन डढेलोसहित सबै खालका विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यमा संस्थागत रुपमै स्वयंसेवक परिचालन गर्नका लागि प्राधिकरणले सूचना प्रणाली तयार गरेको छ । विसं २०७८ माघ १४ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १२औँ बैठकले ‘विपद् व्यवस्थापन स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यविधि–२०७८’ पारित गरेपछि यस सम्बन्धमा रोकथाम र नियन्त्रणका थप काम सुरु भएको हो ।–(रासस)

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले भने : कांग्रेस देश र घर जलाउने पार्टी होइन, देश बनाउने पार्टी हो
मुख्य समाचार

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले भने : कांग्रेस देश र घर जलाउने पार्टी होइन, देश बनाउने पार्टी हो

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
बीरगंजको मुरली गाउँ, मुरली बगैंचा र पानीटंकी टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रममा भव्य सम्मान र स्वागत
मुख्य समाचार

बीरगंजको मुरली गाउँ, मुरली बगैंचा र पानीटंकी टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रममा भव्य सम्मान र स्वागत

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद