Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गृहनगरमा आरिफ र आसिफलाई वीरगन्ज महानगरको भव्य स्वागत र सम्मान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ५,आईतवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,५ चैत ।  आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका दुई खेलाडीलाई वीरगन्ज महानगरपालिकाले स्वागत गर्दै सम्मानित गरेको छ ।

विश्वकपमा क्वालिफायर भएपछि पहिलो पटक गृहनगर वीरगन्जमा आइतबार आइ पुगेका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यद्वय आरिफ शेख (ब्याट्सम्यान) र आसिफ शेख ( ब्याट्स म्यान तथा विकेट किपर) लाई वीरगन्ज महानगरले भव्य स्वागत गर्दै सम्मानित पनि गरेको हो ।

आइतबार वीरगन्ज महानगरपालिकाकै परिसरमा मेयर राजेशमान सिंहले सहोदर दाजुभाइ समेत रहेका शेखद्वयलाई दोशल्ला ओढाएर स्वागत र सम्मान गरेका हुन् । मेयर सिंहले शेखद्वयका बुबा शेख सलाम र स्थानीय प्रशिक्षक जाहुर अन्सारीलाई पनि दोशल्ला ओढाएर सम्मानित गरे ।

त्यसक्रममा मेयर सिंहले नेपाललाई विश्वकप क्वालिफायरमा पुरयाउन विशेष भूमीका निर्वाह गरेका दुवै खेलाडीलाई वीरगन्ज महानगरले यहि चैत १७ गते वीरगन्जमा भव्य समारोह गरेर नागरिक अभिनन्दन पनि गर्ने घोषणा गरे ।

उक्त समारोहमै यसअघि वीरगन्ज महानगरले घोषणा गरेअनुसार दुवै खेलाडीलाई एक एक थान यमहा एफ जेड एफ आइ मोटरसाइकल पनि प्रदान गर्ने पनि उनले बताए । मेयर सिंहले उक्त नागरिक अभिनन्दन समारोहमा सहभागी भइ वीरगन्जका यी दुइ खेलाडीको हौसला बढाइदिन वीरगन्जवासीसंग आह्वान पनि गरे ।

आइतबारको सम्मान कार्यक्रममा मेयर सिंहले वीरगन्ज दुवै खेलाडीले नेपालको नाम अझ उचाईमा पुरयाएर वीरगन्ज महानगरको नाम पनि उँचो बनाएको बताए ।

उनले वीरगन्जका यी दुइ खेलाडी राष्ट्रकै गहना बनेका छन् , यिनीहरुको हौसला बढाउन वीरगन्ज महानगरले कुनै कसर बाँकी राख्दैन ।

महानगरले सम्मान गरेपछि खेलाडीद्वय आसिफ र आरिफले महानगरको यो सम्मानले आफुहरुलाई अझ हौंसला थपिदिएको प्रतिक्रिया दिए । आसिफले भने ,‘ गहृनगरमै यति भव्य सम्मान पाउदा खुशीले मन गदगद् भएको छ , आउने दिनमा देशको नाम रोशन गर्न अझ हौंसला थपिदिएको छ ।

सन्चारकर्मीलाई प्रतिक्रिया दिदै शेखद्वयका बुबा शेख सलामले आफना यी दुवै छोराले देशको नाम अझ उचाईमा पुरयाउदाँ आफु पनि गौरवान्वित भएको प्रतिक्रिया दिए । उनले भने,‘ मेरा यी दुई छोरा अब मेरो मात्रै छोरा रहेनन्, अब यिनीहरु यो देशकै छोरा भएका छन् ।

आइतबारको सम्मान कार्यक्रममा वीरगन्ज महानगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत अरविन्दलाल कर्ण , वडाध्यक्षहरु बैजुलाल स्वर्णकार, प्रदीप चौरसिया , सुरेश गुप्ता , जगत साह कानु लगायतको सहभागिता थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ चैत्र ५,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ चैत्र ५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद