Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बलुवामा गोढ समाजको बैठक सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २१,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,माघ २१
पर्साको कालिकामाई गाउपालिका वडा नम्बर ४ कट्टिबलुवामा गोढ समाजको बैठक सम्पन्न भएको छ । नेपाल गोढ समाज उत्थान समितीका अध्यक्ष सुनित साहको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा समितीले हाल सम्म गरेको कार्य प्रगतिको बारेमा अध्यक्ष साहले चर्चा गरेका थिए । साहले मधेशी आयोगले प्रकाशित गरेका पुस्तकमा गोढ समुदायको नाम ४२ औं नम्बरमा सुचिकृत गर्दा केहि थर छुट्न गएकोमा त्यसलाई सच्याउन समितिले निवेदन दिएको जानकारी गराएका थिए ।
उनले “गोढ र गोंड दुवै एउटै जाति भएको र मधेशी आयोगले प्रकाशित पुस्तकामा गोंड मात्र उल्लेख गरिएकोले भबिष्यमा नामको कारण समस्या आउन सक्ने भएकोले त्यसलाई सच्याउन निवेदन दिएको जानकारी दिए” ।

यसैगरी बैठकमा कोषाध्यक्ष प्रहलाद गुप्ताले समितिको आयव्ययको बारेमा जानकारी गराएका थिए भने पर्सा जिल्ला अध्यक्ष मनोज साहले संस्थाले हाल सम्म गरेका काम कारवाहीको बारे प्रस्ष्ट पारेका थिए । सो अवसरमा स्थानिय तहमा निर्वाचित कालिकामाई गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष संजय साह ,पोखरीया नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सोनालाल साह र स्वास्थयकर्मी प्रभास साहलाई सम्मानित गरिएको थियो ।

बैठकको सहजीकरण राकेश साहले गरेका थिए । बैठकमा पर्साका बिभिन्न गाँउका गोढ समुदायको अगुवा व्यक्तिहरुको उपस्थिती थियो । बैठक वडा अध्यक्ष संजय साहको घरमा सम्पन्न भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ माघ २१,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ माघ २१,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद