Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंज स्थित श्रीपुरमा रहेको श्री नेपाल राष्ट्रिय विद्यापिठ मा.वि. को वृक्षारोपण सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १४,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १४ पुस । वीरगञ्ज महानगरपालिकाको वडा नम्वर ११ श्रीपुरमा रहेको श्री नेपाल राष्ट्रिय विद्यापिठ माद्यमिक विद्यालय परिसरमा बिहीबार वृक्षारोपण गरिएको छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बिरुवा रोपेर कार्यक्रमको सुरुवात गर्नुभएको हो ।

कार्यक्रमको सुरुवात गर्दै मेयर सिंहले वीरगञ्जलाई हरियाली बनाउन वृक्षारोपणका साथै रोपिएका विरुवा जोगाउनु पर्नेमा जोड दिए ।
विद्यापिठ मा.वि.को निर्माणाधिन भवनलाई पूर्णता दिन महानगरले आवश्यक सहयोग गर्ने भन्दै उहाँले महानगरका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि काम गरिरहेको बताउनुभयो ।

आउँदा दिनमा निजी विद्यालयको चक्कर लगाउनु पर्ने बाध्यता हटाउन सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्दै शिक्षक शिक्षिकाहरुको दक्षता बृद्धिका लागि महानगर तयार रहेको पनि बताउनुभयो ।
दिल्ली मोडलमा सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्न आफू तयार रहेको भन्दै त्यसका लागि विद्यालयका प्रधानाध्यापक, अभिभावक र विद्यार्थी सबैको साथ रहनु पर्नेमा जोड दिनुभयो ।

विद्यालय प्राङ्गणमा करिब एक सय भन्दा बढी विभिन्न प्रकारका विरुवा रोपिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश लाठको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, वडा नम्वर ११ का वडाध्यक्ष अजय चौरसिया लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ पुष १४,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ पुष १४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद