Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको एक उधोगमा आगलागी हुदाँ करोडौँको क्षति

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ६,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको एक उधोगमा आगलागी हुदाँ करोडौँको क्षति भएको छ ।विनदबासिनी गाउँपालिकाको वडा ३ गर्दौल मा रहेको एस बाबा प्रिन्टिङ्ग तथा प्याकेजीङ्ग उद्योगमा भिषण आगलागीबाट उद्योगमा करोडौँ बराबरको क्षति भएको छ ।
हेमन्तकुमार चौरसियाले बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर ३ गर्दौलमा सञ्चालन गरेको एस बाबा प्रिन्टिङ्ग एण्ड प्याकेजीङ्ग इन्डट्रिजमामा मङ्गलबार आगलागी हुँदा करिब ६ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार मङ्गलबार राति करिव सवा ११ बजेको विद्युतको तार सर्ट सर्किटका कारण भएको आगलागी १२ घण्टाको प्रयास पश्चात बुधबार बिहान ७ बजे मात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, सखुवाप्रसौनी नगरपालिकाबाट आएको वारुण यन्त्रले आगलागी नियन्त्रण गर्न नसकेपछि बाराको कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका र देवताल गाउँपालिकाबाटसमेत ११ वटा वारुण यन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) आयुष जोशीले जानकारी दिनुभयो ।
आगलागीबाट उद्योगमा रहेका दुई दर्जनभन्दा पनि बढी मेसिनरी, कच्चा सामग्री र तयारी माला जलेर पूर्ण रुपले नष्ट भएको सञ्चालक चौरसियाले बताए । चौरसियाका अनुसार आगलागीबाट उद्योगमा रहेको कार्टुन बनाउने, प्रिन्टिङ्ग गर्ने, प्लेट बनाउने, पार्टिसन गर्ने, प्याकेटमा जाली लगाउने लगायतका मेसिनरी पूर्ण रुपले जलेर नष्ट हुनुका साथै फ्याक्ट्रीको भवनमासमेत क्षति पुगेको छ ।
‘फ्याक्ट्रीका स्टाफले साढे ११ बजे तिर फोन गरेर हामीलाई आगलागीको बारेमा जानकारी गराएका थिए,’ चौरसियाले भने, ‘वीरगञ्जको घरबाट त्यहाँसम्म पुग्दा आगो नियन्त्रण बाहिर गइसकेको थियो । नियन्त्रण गर्न धेरै प्रयाग गरेपनि केहि बचेन । सबै जलेर नष्ट भएको छ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ पुष ६,बुधबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ पुष ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद