Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

काका भतिजाको कुटपिटबाट एकजनाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ६,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकामा दुलाहा र दुलाहाको कुटपिट बाट एक युवकको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ बड्गु टोलबाट जन्ती लिएर सोही वडाको खलुचडी जानेक्रममा दुलाहा साविर राउत गद्दी र उनका काका जादुल राउत गद्दीको कुटपिटबाट स्थानीय ३५ बर्षीय सलमुल्लाहा राउत गद्दीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जन्ती जाने विषयमा भएको विवादमा ३५ बर्षीय सल्मुल्लाहा राउत गद्दीलाई दुलाहा साविर र उनका काका जादुलले कुटपिट गरेका थिए ।
घटना विवरण अनुसार कुटपिटपछि स्थानीयले छुटाएर समुल्लाहालाई घर पठाएको थियो । सामान्य अवस्थामा घर गएर सुतेका उको आज बिहान ३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । घटनापछि पुगेको प्रहरीले समुल्लाहाको शव नारायणी अस्पतालमा ल्याएको छ ।
यद्यपि शवको पोष्टमार्टमपछि यकिन जानकारी हुने प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो । मृतक युवकको शरीरमा बाहिरी चोट नदेखिएपनि शरीर भित्र गहिरो चोटका कारण सल्मुल्लाहाको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीको छ ।
युवकको मृत्युपछि दुलाहा र उनका काका दुवैजना फरार भएका छन् । उनीहरुको खोजी कार्य जारीरहेको इलाका प्रहरी कार्यालय सेंढवाका प्रहरी सहायक निरीक्षक अजय ठाकुरले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ पुष ६,बुधबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ पुष ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद