Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

स्थानीय तहले हालसम्म भूउपयोग क्षेत्र वर्गीकरणको काम नसक्दा कित्ताकाटको समस्या

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २६,सोमबार
A A
file photo

file photo

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — पर्सामा अधिकांश स्थानीय तहले हालसम्म भूउपयोग क्षेत्र वर्गीकरणको काम नसक्दा कित्ताकाटको समस्या समाधान हुन सकेको छैन । सरकारले भूउपयोग क्षेत्र वर्गीकरणअन्तर्गत यही मंसिर २३ सम्म प्रत्येक पालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सम्पूर्ण जग्गालाई गैरकृषि क्षेत्र र कृषि क्षेत्रमा वर्गीकरण गर्नुपर्ने निर्देशन दिएको थियो ।

१४ पालिका रहेको पर्साका अधिकांश पालिकाले यो काम सम्पन्न गर्न सकेका छैनन् । जिल्लाको सखुवा प्रसौनी गाउँपालिका र पकहा मैनपुर गाउँपालिकाले मात्र भूउपयोग क्षेत्र वर्गीकरणको निर्णय गरेको छ । भूउपयोग क्षेत्र निर्धारण सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साउन ३१ नै विज्ञप्ति जारी गर्दै प्रत्येक स्थानीय तहले आफ्नो कार्यक्षेत्र भित्रको जग्गालाई २०७९र८र२३ गतेभित्र कम्तीमा कृषि क्षेत्र र गैरकृषि क्षेत्र छुट्याउनुपर्ने व्यवस्था गर्न भनेको थियो । नापी विभागले यस कार्यका लागि आवश्यक दक्ष प्राविधिक जनशक्तिको व्यवस्था गरिसकेको भन्दै विभागसँग आवश्यक सहकार्य र समन्वय गरी भूउपयोग क्षेत्र छुट्याउने कार्य गर्न गराउन सम्बन्धित सबै पालिकालाई अनुरोध गरे पनि पालिकामा आवश्यक जनशक्ति अभावमा यो कार्य पूरा हुन नसकेको हो ।

कृषियोग्य जग्गाको संरक्षण, खण्डीकरण नियन्त्रण, चक्लाबन्दी कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि खाद्यसुरक्षाको प्रत्याभूति, दीगो पूर्वाधार विकास, व्यवस्थित सहरीकरण र सुरक्षित आवास, प्राकृतिक स्रोतसाधनको समुचित व्यवस्थापन, विपद् जोखिम न्यूनीकरणलगायत उद्देश्य राखी नेपाल सरकारले भूउपयोग नीति २०७२ जारी गरेको थियो । सो नीति कार्यान्वयनका लागि संसद्बाट भूउपयोग ऐन २०७६ र नेपाल सरकारबाट भूउपयोग नियमावली २०७९ लागू भइसकेको छ । उक्त नीति, ऐन तथा नियममा स्थानीय तहलाई भूमिको वर्गीकरण, भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने अधिकार तोकिएका छन् । नियमावलीको अनुसूची १ मा भूउपयोग क्षेत्र निर्धारण गर्ने आधार र मापदण्डको व्यवस्थासमेत गरिएको छ ।

यी नीति र कानून कार्यान्वयनमा तत्काल सहजीकरण गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट मिति गत जेठ २७ मा परिपत्र जारी गरी कित्ताकाट रोकिएको थियो । नापी विभागले सात सय ५३ वटै स्थानीय तहको भूउपयोग नक्सा, सोको विद्युतीय अभिलेख वा तथ्यांक तयार गरी सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ ।रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

ज्ञान बटिका प्राविधिक तथा मेडिकल साइन्सेसमा नवप्रवेशी विद्यार्थी स्वागत
मुख्य समाचार

ज्ञान बटिका प्राविधिक तथा मेडिकल साइन्सेसमा नवप्रवेशी विद्यार्थी स्वागत

प्रकाशित : २०७९ मंसिर २६,सोमबार
पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर
मुख्य समाचार

पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर

प्रकाशित : २०७९ मंसिर २६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद