Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

बिलविजक भन्दा बढी सामान भेटिदै , पशुपति रोड क्यारिर्यसले बुकिङ्ग गर्ने अधिकांश ट्रकमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २५,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, २५ मंसिर । ढुवानी सेवाको नाममा राजस्व छलि र तस्करीमा नाम कमाएको पशुपति रोड क्यारियर्सले बुकिङ्ग गर्ने अधिकांश ट्रकहरुमा बिल विजक भन्दा बढी सामान भेटिने गरेको छ ।

वीरगन्जमा प्रधान कार्यालय रहेको पशुपति रोड क्यारियर्सले बुकिङ्ग गरेको सामान लोड गरेको ना। ३ ख। २७७ नम्बरको ट्रक वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरी टोलीले मंगलबार राति पर्साको वीरगञ्ज महानगरपालिका वडा नं। ६ लोहारपट्टी चोक स्थित सडकखण्डबाट नियन्त्रणमा लिएको थियो ।

नमस्ते ट्रान्सपोर्टबाट पठाईएको भनिएको ट्रक पशुपति रोड क्यारियर्सले पठाएको तथ्य फेला परेको हो । विल बिजक शंकास्पद देखिएपछि चेकजाँच गर्दा ६१ लाख ४६ हजार १२ रुपैया बराबरको खुद्रा, लत्ताकपडा तथा औषधीजन्य सामाग्रीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसअघि पनि पशुपति रोड क्यारियर्सले बुकिङ्ग गर्ने ट्रकमा बिल विजक भन्दा बढी सामान लोड गरिएको भेटिने गरेको थियो । पशुपति रोड क्यारियर्सका संचालक राजेन्द्र गुप्ता हुन् । ढुवानी सेवाको नाममा देशको अर्थतन्त्रलाई नै प्रभावित गर्ने गरी अहिले भन्सार छलिका सामानहरु ट्रकमा लोड गरेर विभिन्न स्थानमा पठाउने कामममा पशुपति रोड क्यारियर्सले सहयोगी भूमिका खेल्दै आएको छ ।

प्रहरी प्रशासनदेखि माथिल्लो तहसम्म सम्पर्क बढाएर ढुवानी सेवाको नाममा तस्करीका सामानहरु ट्रान्सपोर्टबाट बिलविजक बनाई नेपालका विभिन्न स्थानमा पठाउने काम पशुपति रोड क्यारियर्सले गर्दै आएको छ । नेपालमा सशस्त्र जनयुद्धको समयमा पनि पशुपति रोड क्यारियर्सले हतियार नेपाल भित्र्याउन सहयोग गरेको व्यापक चर्चा चल्ने गरेको थियो ।

वीरगन्जको श्री क्यारियर्समा कर्मचारीको रुपमा काम गरेका राजेन्द्र गुप्ताले त्यहिबाट पशुपति रोड क्यारियर्सको नाममा ढुवानी व्यावसाय सुरु गरेका हुन् । उनको अहिले नेपाल भरी सञ्जाल विस्तार गर्नुको साथै भारतमा समेत व्यावसायलाई विस्तार गरेको छ । भारतका विभिन्न सहरबाट सीधा सामान रक्सोलमा ल्याउने र त्यहाँबाट पोके तस्करको माध्यमबाट वीरगन्जको कार्यालयमा ल्याई ट्रक बुकिङ्ग गर्ने र बिल विजक भन्दा बढी सामान लोड गरेर देशका विभिन्न स्थानमा पठाउने गरेको छ ।

यसरी पठाएको सामान सहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा र वीरगन्ज भन्सार कार्यालयमा पठाउने गरेपनि गुप्ताको पूरानै सेटिङ्गले ती सामानहरु पनि छुट्ने गरेको स्रोतले जनाएको छ ।

राजस्व अनुसन्धान कार्यालय पथलैया र वीरगन्ज भन्सार कार्यालयलाई बुझाईएका सामानहरु कसरी कहिले छुट्छ भन्ने बारेमा पक्राउ गरेर बुझाएको प्रहरीलाई समेत जानकारी नदिने गरेको प्रहरी स्रोतले जनाएको छ । सभार ट्रिब्यून न्युज ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

ज्ञान बटिका प्राविधिक तथा मेडिकल साइन्सेसमा नवप्रवेशी विद्यार्थी स्वागत
मुख्य समाचार

ज्ञान बटिका प्राविधिक तथा मेडिकल साइन्सेसमा नवप्रवेशी विद्यार्थी स्वागत

प्रकाशित : २०७९ मंसिर २५,आईतवार
पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर
मुख्य समाचार

पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर

प्रकाशित : २०७९ मंसिर २५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद