Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सुकुम्वासी बस्तीमा तनाव – ‘हतियारसहित प्रदर्शनमा आएकालाई नियन्त्रणमा नलिइ जाँदैनौँ’

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १२,सोमबार
A A
tasbir samajik sanjal bata

tasbir samajik sanjal bata

1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मंसिर १२, २०७९ सोमबार ।
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले काठमाण्डौको थापाथलीमा रहेको सुकुम्वासी बस्तीमा हातहतियारसहित प्रदर्शनमा आएकाहरूलाई नियन्त्रणमा नलिइ आफूहरू नफर्किने चेतावनी दिनुभएको छ ।

सुकुम्वासी बस्तीमा अनधिकृतरूपमा बनाइएको टहरा हटाउन पुगेको काठमाण्डौ महानगरको डोजरलाई स्थानीयले अवरोध गर्ने क्रममा अवैधरूपमा हातहतियारसमेत प्रहार भएको उल्लेख गर्दै उहाँले त्यस्ता आपराधिक गतिविधिमा संलग्नहरूलाई कारबाही नगरि आफूहरू त्यस क्षेत्रबाट नफर्किने बताउनुभएको हो ।

आज सोमवार दिउँसोदेखि सुकुम्वासी बस्तीमा स्थानीयले डोजर चलाउन नदिइ ढुङ्गामुडासमेत प्रहार गरेपछि महानगर प्रहरी बलका प्रमुख पाण्डेसहित झन्डै १० जना सुरक्षाकर्मी घाइते भएका छन् । आपराधिक गतिविधिमा संलग्न भएकाहरूले स्थितिलाई तनावपूर्ण बनाएको भन्दै नगर प्रहरी प्रमुख पाण्डेले उनीहरूलाई नियन्त्रणमा लिने र कानुनअनुसार कारबाही हुने बताउनुभयो ।

सुकुम्वासी बस्तीका स्थानीयले भने आफूहरूलाई कुनै विकल्प नदिइ बस्ती हटाउन खोजेको भन्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह र गृहमन्त्री बालकृष्ण खाणविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

अहिले स्थानीयको भिडलाई नियन्त्रणमा लिन काठमाण्डौ महानगरपालिकाले सुरक्षाकर्मीको परिचालनलाई व्यापक बनाएको छ । अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले गएको मङ्सिर ४ गतेभित्र अनधिकृतरूपमा बनाइएको टहरा खाली गर्न निर्देशन दिएको थियो । तर त्यो निर्देशनको पालना नभएपछि बस्ती हटाउन डोजर परिचालन गर्नुपरेको महानगरले बताएको छ । सभार उज्यालो

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ मंसिर १२,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ मंसिर १२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद