Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

सप्तरीको देउरी भारुवामा शीतभण्डार निर्माण अलपत्र

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ११,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राजविराज, ११ मङ्सिर ।
सप्तरीको राजविराज नगरपालिका–१५ स्थित देउरी भारुवामा फलफूल र तरकारीका लागि निर्माण थालिएको शीतभण्डार अहिले अलपत्र अवस्थामा रहेको छ ।

जिल्ला सहकारी सङ्घ लिमिटेडमार्फत नगरपालिकालाई हस्तान्तरण गरिएको उक्त शीतभण्डारको विगत अढाई वर्षदेखि निर्माण कार्य पूर्णरुपले ठप्प रहेको पाइएको छ । नगरपालिकाले वडा नं १५ देउरी भरुवामा शीतभण्डार निर्माणका लागि एक बिघा जग्गा दिए पनि ठेकेदारको लापरवाहीले गर्दा समयमा निर्माण हुन सकिएको छैन ।

सो शीत भण्डारको क्षमता तीन हजार मेट्रिकटन रहेको छ । जिल्ला सहकारी सङ्घले सहकारी संस्थाको व्यवस्थापन विस्तार एवं यहाँ उत्पादित कृषिउपजको भण्डार र व्यवस्थापनमा सहयोग पु¥याउने उदेश्यले कार्य अगाडि बढाइएको थियो । विसं २०७५ फागुनमा शिलान्यास गरी निर्माण थालिएको शीतभण्डारको काम ३० प्रतिशत मात्र भएको छ ।

शीतभण्डार निर्माणको कामको शर्मा आशिष ओम साइराम, सानोठिमीले ठेक्का लिएको छ । सङ्घका प्रबन्धक रमेशप्रसाद गुप्ताले शीतभण्डारबाट हजारौँ किसानले लाभ लिनसक्ने जनाउँदै शीघ्र निर्माण सम्पन्न गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

सङ्घीय सरकारले बजेट निकासा नगरेका कारण काम रोकिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय र प्रदेश सरकारले समयमा अनुदान रकम दिएका छैनन्, सङ्घीय सरकारको ६०, सङ्घ संस्थाको २० तथा स्थानीय तथा प्रदेश सरकारको २० प्रतिशत रकम रहने गरी शीतभण्डारको निर्माण थालिएको थियो ।”

सङ्घीय सरकारले समयमा शीतभण्डारका लागि बजेट नदिएका कारण निर्माण व्यवसायले समेत भुक्तानी नपाएको भन्दै काम रोकिएको जनाएको छ । तराईको नवलपरासी र सप्तरीको देउरी भरुवामा एकै समयमा निर्माण थालिएको शीतभण्डार नवलपरासीमा निर्माण सम्पन्न भइसकेको बताइएको छ । यहाँ सरकारले समयमा बजेट नदिएका कारण निर्माणमा अवरोध भएको सहकारी सङ्घका निर्देशक गुप्ताको भनाइ छ ।

अहिले शीतभण्डारका लागि जग्गामा माटो भराई, वण्डीबाल र फलामको पिलर ठड्याउने कामबाहेक अरु काम अगाडि बढ्न नसकिएको स्थानीयवासीले बताएका छन् ।

स्थानीय रामकुमार यादवले किसानको आशाका रुपमा रहेको शीतभण्डार समयमा निर्माण हुन नसकिएका कारण आफूहरु निराश भएको बताउनुभयो । किसानको हितमा निर्माण भइरहेको यो शीतभण्डार राजनीतिक कारण पछाडि परेको भन्दै यहाँ र आसपासमा उब्जाएका तरकारी कतै राख्ने ठाउँ नभएको उहाँले गुनासो गर्नुभयो ।

जिल्लामा एकमात्र निर्माण थालिएको शीतभण्डार बजेट अभाव भएको भन्दै निर्माण नै ठप्प पारेपछि किसानको आशा निरासामा परिणत भएको अर्का सोही ठाउँका किसान हरिकुमार मण्डलले बताउनुभयो ।

विसं २०७५ मङ्सिर १५ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र तत्कालीन मधेस प्रदेशका कृषिमन्त्री शैलेन्द्रप्रसाद साहले यहाँका शीतभण्डारको शिलान्यास गर्नुभएको थियो । (रासस)

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

ज्ञान बटिका प्राविधिक तथा मेडिकल साइन्सेसमा नवप्रवेशी विद्यार्थी स्वागत
मुख्य समाचार

ज्ञान बटिका प्राविधिक तथा मेडिकल साइन्सेसमा नवप्रवेशी विद्यार्थी स्वागत

प्रकाशित : २०७९ मंसिर ११,आईतवार
पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर
मुख्य समाचार

पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर

प्रकाशित : २०७९ मंसिर ११,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद