Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

आयात कडाइले भन्सार राजस्वमा निरन्तर धक्का

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन २६,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — विदेशी विनिमय सञ्चिति बढाउन भन्दै सरकारले केही वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा भन्सार राजस्वमा गिरावट आएको छ । सरकारले गत वैशाख १३ बाट १० वस्तु आयातमा रोक लगाएको थियो । प्रतिबन्धकै कारण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको असोज २४ सम्म राजस्वमा २२ प्रतिशतले गिरावट आएको भन्सार विभागको तथ्यांक छ ।
तीन महिनामा कुल लक्ष्यको ६०।७१ प्रतिशत मात्र राजस्व उठेको विभागको तथ्यांक छ । राजस्व संकलन लक्ष्य १ खर्ब ४७ अर्ब २७ करोड रहेकामा असोज २४ सम्म ८९ अर्ब ४२ करोड रुपैयाँ मात्र उठेको विभागले जनाएको छ ।

गत वर्षको सोही अवधिमा ३ खर्ब १४ अर्ब रुपैयाँको सामान आयात भएको थियो । अहिले २ खर्ब ७३ अर्ब रुपैयाँको मात्र आयात भएको छ । विदेशी विनिमय सञ्चितिका लागि केही वस्तुमा लगाइएको आयात प्रतिबन्धका कारण ती वस्तुबाट राजस्व संकलन घटेको भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए । ‘गत आर्थिक वर्षको तुलनामा साउन र भदौमा झन्डै १३ प्रतिशतले आयात घटेको छ,’ खड्काले भने, ‘अघिल्लो आर्थिक वर्षमा आयात भएका मध्ये चाँदी, भटमासको तेल, एमएस बिलेट, मोबाइल, जिप, कार, भ्यान, १५० सीसीभन्दा माथिका मोटरसाइकल, सुन आयात घटेको छ, जसको प्रभाव राजस्वमा परेको छ ।’

६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने भन्सार विभागको वार्षिक लक्ष्य छ । यसअनुसार असोज मसान्तसम्म १ सय ३४ अर्ब रुपैयाँ संकलनको लक्ष्य थियो । तर असोज सकिन लाग्दा विभागले लक्ष्य भेटाउन सकेको छैन । अहिलेसम्म ८९ अर्ब ४२ करोड रुपैयाँमा राजस्व उठेको छ । साउनमा राजस्व संकलनको लक्ष्य ३९ अर्ब ६९ करोड रुपैयाँ रहेकामा ३२ अर्ब ३२ करोड मात्र जम्मा भएको विभागको तथ्यांक छ । अर्थात् लक्ष्यको ८१।१० प्रतिशत मात्र राजस्व संकलन भएको हो । भदौमा ५० अर्ब ५८ करोड संकलन लक्ष्य रहेकामा ३५ अर्ब २३ करोड रुपैयाँ मात्र राजस्व उठेको छ । लक्ष्यको ६९।६५ प्रतिशत मात्र राजस्व संकलन भएको हो । असोज सकिनै लाग्दा यस महिनाको राजस्व संकलन भने निराशाजनक छ । ५७ अर्ब रुपैयाँ संकलन गर्नुपर्नेमा असोज २४ सम्म २२ अर्ब रुपैयाँ मात्र उठेको छ । यो लक्ष्यको ३८।५९ प्रतिशत हो ।
‘गत वर्षको तुलनामा अहिलेसम्म राजस्व संकलन उल्लेख्य घटेको छ,’ खड्काले भने, ‘असोजमा मात्र १३ दिन सार्वजनिक बिदा बेहोर्नुपर्‍यो, बिदाको दिन उल्लेख्य मात्रामा सरकारी कारोबार भएन, त्यसका लागि साउन र भदौमै धेरै सामान आउँथ्यो । आयात कमीकै कारण राजस्वमा कमी आएको हो ।’ राजस्वमा सबैभन्दा बढी योगदान रहने सवारीसाधन आयात नै हो । ‘यसको आयातमा प्रतिबन्ध लगाएपछि राजस्व संकलनमा धेरै कमी आएको छ,’ खड्काले भने ।
सवारीसाधन, मदिरालगायत सामान आयातमा प्रतिबन्ध लगाइएकाले राजस्व घटेको पूर्वअर्थसचिव शिशिर ढुंगानाले बताए । ‘चाडबाडका बेला आयात बढ्छ, यसले राजस्व पनि बढाउँछ,’ उनले भने । सधैं भदौ र असोजमा राजस्व बढ्ने गरेको र यति बेला लामो बिदा परेकाले राजस्व संकलन कम भएको उनले पनि स्विकारे । राजस्व संकलन कम भएको सम्बन्धमा गम्भीर विश्लेषण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘चालु आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व उठाउने सरकारको लक्ष्य छ । यसमध्ये ४५ देखि ४७ प्रतिशत भन्सार विभागले राजस्व संकलन गर्छ,’ उनले भने, ‘अहिलेदेखि राजस्व संकलन घट्दै गयो भने पछिसम्म अवस्था गम्भीर बन्न सक्छ । लक्ष्यअनुसार राजस्व संकलन किन भएन, सोचनीय विषय हो । नीतिगत विषयमा पनि पुनर्विचार गर्नुपर्ने हो कि, सरोकारवालाको ध्यान जान जरुरी छ ।’

राजस्व संकलनमा कमी आउँदा चालु खर्च, प्रतिबद्ध खर्च र विकास आयोजनाका कामसमेत रोकिने ढुंगानाले बताए । लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले स्विकारे । ‘विभिन्न नीतिगत कारणले गर्दा राजस्व संकलनमा प्रभाव परेको छ,’ उनले भने, ‘जसकारण लक्ष्यअनुसार राजस्व संकलन भएन ।’सभार इकान्तिपुर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण
मुख्य समाचार

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण

प्रकाशित : २०७९ आश्विन २६,बुधबार
चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा
राजनिती

चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा

प्रकाशित : २०७९ आश्विन २६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद