Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

घट्यो वीरगन्ज नाकाबाट आयात

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ३,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — मुलुककै मुख्य भन्सार नाका वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचचौकी ९आईसीपी० बाट मालबाहक सवारीसाधन भित्रिने क्रम घटेको छ । चाडपर्वको मुखमा भारत तथा तेस्रो मुलुकबाट अन्य अवस्थाको भन्दा बढी सवारीसाधन भित्रिनुपर्नेमा यसपटक गत वर्षको यसै अवधिभन्दा तीन गुणाले आयात घटेको आईसीपी सन्चालक इन्टर मोडल यातायात विकास समितिका अपरेसन इन्चार्ज जितेन्द्र रसाइलीले बताए । ‘अहिले सामान्य अवस्थाको भन्दा झन्डै आधाले आयात कम भएको छ,’ उनले भने ।

उनका अनुसार आइतबार भारत हुँदै ४ सय २५ मालबाहक गाडी भित्रिएका थिए । सोमबार यो संख्या ३ सय १८ र मंगलबार ३ सय ६८ थियो । बुधबार मध्यान्ह १२ बजेसम्म जम्मा ७३ गाडी आएका थिए । ‘अघिल्ला वर्षहरूमा चाडपर्व नजिकिँदै गर्दा भन्सारबाट दिनमै ९ सयदेखि ११ सय वटासम्म गाडीको जाँचपास हुने गर्थ्यो । यसपटक यो आँकडा निकै कम छ,’ उनले भने, ‘अहिले चामल, विद्युतीय उपकरणजस्ता वस्तु मात्र बढी भित्रिरहेको छ ।’

चाडपर्वको समयमा पनि आयात घट्नुमा एलसी खोल्नमा कडाई तथा समग्रमा आयातनिर्यात कारोबार नै घट्दै जानु मुख्य कारण रहेको बताउँछन् समिति प्रमुख कमल ज्ञवाली । ‘एकातिर नयाँ सवारीसाधनको आयात ठप्प छ, आयात भइसकेका सवारीसाधन पनि जाँचपास भई छुटेका छैनन्,’ उनले भने, ‘अर्कोतिर समग्रमै आयातनिर्यात कारोबार ओरालो लागेको छ । लामो समयपछि यस्तो अवस्था देखिएको हो ।’

अहिले आईसीपी परिसरमा ठूलो संख्यामा भारत तथा तेश्रो मुलुकबाट आयातित सवारीसाधन अड्किएका छन् । बुधबार मध्यान्हसम्ममा आईसीपीमा कुल २ हजार २ सय ६८ सवारीसाधन जाँचपास गर्न बाँकी रहेकामा १ हजार ७ सय ३५ सवारी नयाँ हुन् । नयाँ सवारीसाधनमा ५ सय ८० वटा कार–जीप र १ हजार १ सय ५५ वटा बस तथा ट्रकका चेसिस छन् । बैंकबाट ‘अटोलोन’ नपाउँदा आयातकर्ताले यी सवारीसाधन जाँचपास गराउन सकेका छैनन् । एकैसाथ धेरै सवारीसाधन अड्किएपछि आईसीपीमा पार्किङ व्यवस्थापनमै समस्या आइरहेको ज्ञवालीले बताए । ‘हामीले सम्भव भएजति समथल र खाली ठाउँमा नयाँ सवारी साधन पार्किङ गरिरहेका छौं,’ उनले भने, ‘आईसीपीको सबै खाली स्थान नयाँ सवारी साधनले खचाखच भरिएको छ ।’सभार कान्तिपुर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ आश्विन ३,सोमबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ आश्विन ३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद