Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महोत्तरीको बभनटोलीमा समयमै रोपाइँ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार २६,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

–गोपालप्रसाद बराल
महोत्तरी, २६ असार ९रासस०ः न मालिक भन्नेको छुट्टै शान छ, नत बस्तीमा गरिब भनेर कसैप्रति हेला । घटीबढी जग्गा हुने र भूमिहीन किसान पनि छन् बस्तीमा तर खेतीका बेला यहाँ सबैका खेतमा काम गर्न बस्तीका घरलौरी नै पुग्छन् । यो चलनले महोत्तरीको भङ्गाहा नगरपालिका–४ को रामनगर बस्तीको बभनटोली ९बाहुनटोल० को धान रोपाइँ समयमै सकिन्छ ।

ओरपरका बस्तीमा रोपाइँ गर्ने जनशक्ति नपाएर असार निगल्दोसम्म खेत बाँझै देखिएका बेला ‘बभनटोली’ मा भने समयमै रोपाइँ सकिन्छ । खेताला पाउन छाडेपछि पछिल्लो करिब एक दशकयता पर्म गरेर खेती गर्न थालेका यस बस्तीका २५ घर किसानले यसपालिको रोपाइँ सक्नै लागेका छन् । टोलमा धनीगरिबको भेद छाडेर सबैका खेतमा बस्तीका सबै एकआपसमा मिलेर काम गरेपछि यो बस्तीमा कृषि जनशक्तिको अभाव खट्किन छाडेको छ ।

“बस्तीको नाउँ बभनटोली भनिए पनि हाम्रो टोलमा बाहुन, क्षेत्री, नेवार, घर्ती र कामीसहितका पर्वते मूलका र कोइरी, बिन ९मलाहा० र केही घर मुसलमान समुदायका सहित मधेसी मूलका पनि बाक्लै छौँ” बस्तीकै पाको उमेरकी रुक्मिणी भुजेल भन्नुहुन्छ, “सबैले मिलेर काम गर्न थालेपछि असार निगल्दोसम्म हाम्रो रोपाइँ सकिने गरेको छ ।” केही वर्ष खेताला नपाएर खेत बाँझै रहेपछि टोलका सबैलाई भेला गरेर यो थिति बसालेपछि रोपाइँ सक्न कहिल्यै गा¥हो नपरेको यस बस्तीका किसान बताउँछन् ।

जात र धनले सानो ठूलोभन्ने विभेद निमिट्यान्न नभइसके पनि रोपाइँका बेला भने टोलका सबै घरका सदस्य एकअर्काको खेतमा काम गर्न थालेकाले यहाँको रोपाइँ असार निगल्दो सकिने गरेको हो । “अब २५ घरभित्र शाहीरोप ९कलम लगाउन बेर्ना रोपिने पहिलो बीउरोप० केहीमात्र बाँकी छ” बस्तीकी मुस्लिम समुदायकी ऐसा खातुन भन्नुहुन्छ, “असार अझै पाँच÷छ दिन बाँकी छ, असारभरिमा हाम्रो टोलको रोपाइँ सकिन्छ । पछि साउन निगल्दो खरुवन ९कलम रोप, अहिले रोपिएको बीउको रोपो गाँजिएपछि त्यही उखालेर गरिने रोप० का बेला एकपटक अझै धपेडी हुन्छ तर हामी अरुकोभन्दा सजिलै रोपाइँ सक्छौँ ।”
बस्तीमा दुई बिघादेखि दुई कठ्ठासम्म जग्गा हुने किसान छन् । तीन÷चार घरपरिवारको त आफ्नो स्वामित्वको जग्गा पनि छैन, उनीहरु ठेक्का÷बटैया गर्छन् । यी सबैले रोपाइँ सकेपछि पर्मको हिसाब गरेर बढी श्रम गरेका परिवारका सदस्यलाई चलेको पारिश्रमिक दिने गरिएकाले किचोला कहिल्यै नभएको बस्तीका पाका किसान दीपबहादुर फुयाँलको भनाइ छ ।

बस्तीका २५ घरको स्वामित्वमा करिब १६÷१७ बिघा धानखेती गरिने जग्गा भएको र पछिल्ला आठ÷दश वर्षयता रोपाइँमा पर्म चलाउन थालेपछि कहिल्यै खेत बाँझो नरहेको त्यहाँका किसान बताउँछन् । “हाम्रो टोलका सिडियो साब ९हाल मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललाई बस्तीका सबैले सिडियो साब भन्छन्० का घरबाट पनि पालोपर्ममा काम गर्न आमा, भाइबुहारी निस्कनुहुन्छ” बस्तीकी कञ्चनिंया बिन भन्नुहुन्छ, “सबैको काममा बस्तीका सबै घरबाट निस्कन्छन्, उचोनिचाकोे भेद हामी गर्दैनौँ, खेतीपाती समयमै सक्छौँ ।”

समुचा रामनगर बस्तीमा अहिले ३० प्रतिशतमात्र रोपाइँ सकिएका बेला बभनटोलीमा भने ७० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको भङ्गाहा–४ का वडाध्यक्ष गणेश महतो बताउनुहुन्छ । “अन्य टोलमा रोपाइँका लागि खेताला जाने श्रमिक पाइएन भनेर चिन्तित छन्” उहाँ भन्नुहुन्छ, “आपूmलाई धनीमा गन्ने किसान अरुका खेतमा पाइला राख्न इज्जतको सवाल ठान्छन्” वडाध्यक्ष महतो भन्नुहुन्छ, “आफूलाई इज्जतदार सम्झदा अनि कसरी चल्छ काम रु मिलेर काम गर्दा सजिलै धान रोपाइँ सकिने र उत्पादन पनि राम्रो हुने आफ्नो बस्ती सबैका लागि राम्रो उदाहरणीय बनेको छ ।”

खासगरी कृषि काममा दक्ष मानिएका बस्तीका मुसहर जातिका युवा राम्रो पारिश्रमिक पाउन भारतको पञ्जाव र हरियाना जान थालेपछि बस्तीमा धान रोपाइँका बेला खेताला पाउन मुस्किल हुँदै आएको छ । बभनटोलीका किसानले समयअनुकूल आपूmलाई ढाल्न सक्दा वर्सेनि राम्रो उत्पादन लिइरहेकोबारे अरुले पनि त्यसलाई आत्मसाथ गर्न नसक्दा बस्तीकै अन्य टोलको रोपाइँ हुन नसकेर खेत बाँझै बस्ने गरेको रामनगरका अर्का किसान चन्देश्वर राय दनुवार बताउनुहुन्छ । “अब लाज मानेर काज चल्दैन” उहाँ भन्नुहुन्छ, “बभनटोलीको अनुशरण सबैले गर्नैपर्छ ।”

समयअनुसार नयाँ थिति बसाउन सकिएकाले आफ्नो टोलमा गरिबमा गनिनेको घरमा पनि खाने अन्न भने खासै बेसाउनु नपरेको अगुवा महिला सामाजिक कार्यकत्र्ता हीरा दाहालको भनाइ छ । “हाम्रो टोलमा सबैको श्रम सबैलाई चलेको छ” उहाँ भन्नुहुन्छ, “केही पाका उमेरका अभिभावकमा खानेकुरामा अझै छुवाछुतको भावना भने मरिसकेको छैन तर नयाँ पिढीका सबै एकअर्कोको खेतमा काम गर्दा र खाजा तथा खाना खान थालेपछि यसको टिप्पणी भने पाकाले गर्न छाडेका छन् ।” आफ्नो रोपाइँको अत्तोपत्तो नै नहुँदा बभनटोलीमा भने रोपो लहलह भएको देख्दा आफ्नो टोलमा पनि पर्म सुरु गर्ने रामनगरका सबै टोलमा चर्चा चलेको छ । “हाँमी पनि यो थिति ९पर्म० बसाउन खोज्दैछौं’ बस्तीका पूर्ववडाअध्यक्ष बृदेवसिंह दनुवार भन्नुहुन्छ, “अब यसमा ढिलो गरिए मुखमा माड लाग्दैन ।”

बभनटोलीका सबैजसो किसान खेतीपातीबारे सघन छलफल गर्छन् । मध्यान्हको चर्को गर्मी छल्न बस्ती माझको चौतारो यो बस्तीको थकाइ मेट्ने र सामुहिक छलफलको थलो हुने गरेको छ । सबै उमेर समूहका किसान मौसमको अनुमान, लक्षण हेरेर अब कुन खेती गर्दा राम्रो होला भन्ने छलफल गर्छन् । प्राय सबैजसोले प्राङ्गारिक खेती प्रणाली अपनाएका छन् । जान्ने, बुझ्ने तथा प्राविधिकसँग छलफल गर्ने र सबैभन्दा सकारात्मक पक्ष सबैले एकअर्काप्रति गर्ने समभावको व्यवहारले यहाँ प्रत्येक बालीबाट राम्रै उत्पादन लिने गरिएको अर्का बृद्ध किसान रामनन्दन महतो बताउनुहुन्छ । फरक–फरक दल र फरक विचारका भए पनि आपसमा मिलेर खेतीको काम उकास्न बभनटोलीका किसानले बसालेको थिति अन्य टोलका सबैले अनुशरण गर्नपर्ने रामनगरका बुढापाका बताउँछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ असार २६,आईतवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ असार २६,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद