Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मनसुन सुरु भएसँगै विपत् व्यवस्थापन र उद्धारका लागि तयारीमा सेना

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार १२,आईतवार
A A
file photo

file photo

1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, असार १२ गते । मनसुन सुरु भएसँगै सम्भावित बाढीपहिरो र डुबानबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण तथा उद्धारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०७९ पारित गरी उद्धार, पुनस्र्थापना तथा राहतमा नेपाली सेनाको नेतृत्वमा अन्य तीनवटा सुरक्षा निकायलाई परिचालन गर्ने निर्णय गरेको छ ।

मनसुन पूर्ण रूपमा सक्रिय हुनुपूर्व हुन सक्ने जनधनको क्षति कम गर्न तथा खोज एवं उद्धारमा प्रभावकारी रूपमा परिचालन हुनेगरी सेना पूर्वतयारीमा जुटेको हो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले सम्भावित विपत् व्यवस्थापन तथा उद्धारका लागि नेपाली सेना ७७ वटै जिल्लामा तयारी अवस्थामा रहेको बताउनुभयो ।

सेनाले सम्भावित क्षेत्रको पहिचान गरी पूर्वतैनाथी तथा तयारी गरेको छ ।राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपटक वर्षा र बाढीपहिरोका कारण देशभर चार लाख २६ हजार घरधुरीमा क्षति पुग्ने र २० लाख जनसङ्ख्या प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ ।

नेपाली सेनाले विपत् व्यवस्थापनका लागि देशका चारवटा कमान्ड मुख्यालय तथा ७७ वटै जिल्लामा रहेका गण तथा प्लाटुनबाट जुनसुकै अवस्थामा परिचालन हुनेगरी एक हजार २७६ सैनिक तयारी अवस्थामा राखेको छ । नौ हजार ७१६ विशेष तालिम प्राप्त सैनिक रिजर्भ फोर्सका रूपमा तयारी अवस्थामा राखिएको छ ।

सम्भावित क्षति कम गर्न सामुदायिक विपत् प्रतिकार्य तालिम २० हजार ३६३ स्थानीयलाई सेनाले तालिम प्रदान गरिसकेको छ । डुबान तथा बाढीले क्षति पु(याउन सक्ने मध्यतराई तथा नदी क्षेत्रमा उद्धारका लागि ७१ वटा मोटरबोट र ८० वटा रबरबोट तयारी अवस्थामा राखिएको छ ।

बाढीपहिरोबाट राजमार्ग अवरुद्ध हुन सक्ने पूर्वानुमानअनुरूप त्यस्तो अवस्थामा तत्काल राजमार्ग सुचारु गर्न पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर र चितवनको नारायणघाट तथा पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी र काठमाडौँको थानकोटमा आकस्मिक पुल ९एक्रोब्रिज०समेत तयारी अवस्थामा राखिएको छ । विपत् व्यवस्थापनमा निर्देशनालयमा २९ जना, राष्ट्रिय विपत् व्यवस्थापन शिक्षालयमा १०५ जना र विपत् व्यवस्थापन गणमा ५७१ गरी जम्मा एक हजार २७६ जना रहेका छन् ।

केन्द्रीय सुरक्षा समिति, स्थानीय प्रशासन, जिल्ला दैवीप्रकोप समिति तथा स्थानीय निकायबाट उद्धारका लागि माग भएमा नेपाली सेना आवश्यक समन्वय गरी खोज तथा उद्धार कार्यमा परिचालन हुने गरेको छ । कठिन भौगोलिक बनावट रहेका स्थानमा ‘ट्याक्टिकल लेभल सर्च एन्ड रेस्क्यु’ र दुर्गम स्थानमा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन आफूसँग रहेका हवाई साधनलाई समेत उपयोग गर्नेगरी तयारी अवस्थामा राखेको सेनाले जनाएको छ ।

उच्च सतर्कता अपनाउन आग्रह

पछिल्ला दिनमा निरन्तर वर्षा भइरहँदा नदीनालामा पानीको बहाव बढ्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान शाखाका बाढीविज्ञ सुनील पोखरेलले एक सातायताको समयमा ठूला, मझौला, साना नदी तथा खहरेमा बहाव बढ्न थालेकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

उहाँका अनुसार विशेषगरी पाल्पा र नारायणीआसपासका नदी तथा खहरेमा शुक्रबारदेखि नै बहाव तीव्र रूपमा बढेको छ । शनिबारबाट प्रदेश १ को इलाम, सङ्खुवासभा, उदयपुर, बागमती प्रदेशका दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, म्याग्दी, बागलुङ र लुम्बिनी प्रदेशको रोल्पाका नदी तथा खहरेमा पानीको बहाव बढ्दै गएको छ ।

उहाँले आइतबारदेखि बूढीगण्डकी, त्रिशूली, कालीगण्डकी, कोसी, पश्चिम राप्ती, बागमती, कनकाईलगायतका ठूला नदी र आसपासका साना नदीमा बहाव बढ्ने तथा केही खहरेमा आकस्मिक बहाव हुने भएकाले सतर्क रहनुपर्ने बताउनुभयो । सोमबारदेखि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका ठूला तथा साना नदीमा बहाव सतर्कता तहसम्म पुग्ने अनुमान बाढी पूर्वानुमान शाखाले गरेको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङका अनुसार आउँदा केही दिनभित्र मनसुन देशव्यापी हुने भएको छ ।

महाशाखाकै कृषि मौसम बुलेटिनले जनाएअनुसार साताभर नै निरन्तर बदली र वर्षा हुनेछ । देशका छवटा प्रदेशमा मनसुन फैलिसकेको छ । सुदूरपश्चिम प्रदेशमा मात्र मनसुन भित्रिन बाँकी छ । अन्य प्रदेशमा मनसुनको जलवाष्पयुक्त वायुको प्रसार भइसकेकाले अब त्यो बाक्लिएर घना वर्षामा परिणत हुन बाँकी रहेको महाशाखाले जनाएको छ । सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ असार १२,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ असार १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद