Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

महानगरपालिकाले ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट प्रस्तुत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार १०,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बीरगंज । बीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।महानगरपालिकाको आज सम्पन्न ११ औँ नगरसभामा उपप्रमुख ईम्तियाज आलमले प्रस्तुत गर्नुभएको बजेट मध्ये चालूतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार रुपैयाँ अर्थात् ६२।०४ प्रतिशत र पुँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैयाँ अर्थात् ३७। ९ ६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर भन्ने नारासहित प्रारम्भ भएको वीरगञ्ज महानगरपालिकाको नगर सभामा उपप्रमुख ईम्तियाज आलमले प्रस्तुत गर्नुभएको बजेटमा महानगरले आन्तरिक आयबाट ९५ करोड रुपैयाँ राजस्व उठाउने जनाइएको छ भने सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपूरक, सशर्त र विशेष अनुदान समेत गरी १ अर्ब ७० करोड ६२ लाख ५८ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी बजेटमा मधेस प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपूरक, सशर्त र विशेष अनुदान समेत गरी ७ करोड ९८ लाख २४ हजार रुपैयाँ पाउने जनाइएको छ ।
महानगरपालिकाले क्षेत्रीय सहरी विकास आयोजनाका लागि दातृ संस्था एशियाली विकास बैङ्कबाट १२ करोड ६१ लाख ८५ हजार सडक बोर्ड नेपालबाट २ करोड, जिल्ला समन्वय समितिको कार्यालय पर्साबाट ९६ लाख, युनिसेफबाट २५ लाख आउने अनुमान गरेको छ । अपुग हुने ४४ करोड १९ लाख ५९ हजार चालु आर्थिक वर्षको अन्त्यमा स्थानीय सञ्चिती कोषमा रहेको नगद मौज्दातबाट व्यहोर्ने गरी बजेट सार्वजनिक गरिएको छ ।
यसैगरी महानगरले शिक्षा, युवा तथा खेलकुद सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न ६६ करोड ३८ लाख ३५ हजार, स्वास्थ्य तर्फ १ करोड २० लाख ३० हजार, कृषि तर्फ ३ करोड २६ लाख ९० हजार, पूर्वाधार तर्फ १ अर्ब १९ करोड ९३ लाख, सामाजिक विकास तर्फ ९९ करोड ३५ लाख ७९ हजार रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै, सूचना प्रविधि र सञ्चारतर्फ १ करोड ५ लाख ९५ हजार, सेवा प्रवाह सङ्गठन सुद्दृढीकरणतर्फ ९३ करोड ५३ लाख २१ हजार, सरसफाइ व्यवस्थापनमा ८ करोड ९१ लाख, वन तथा वातावरण र विपद् व्यवस्थापनका लागि ५ करोड ९९ लाख, आर्थिक विकासका लागि १० करोड ४२ लाख ९० हजार रुपैयाँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र अपाङ्गता, संस्थागत विकास, राजश्व तथा अन्य आय सङ्कलन व्यवस्थापनका लागि पनि बजेटको व्यवस्था गरिएको महानगरपालिकाको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
बीरगंज महानगरपालिकाको सम्पन्न ११ औँ परिषद्को उद्घाटन गर्दै नगर प्रमुख राजेशमान सिंहले वीरगंजको बृहत्तर विकास र औद्योगीकरणलाई सँगसँगै अगाडी बढाउने उद्घोष गर्नुभएको छ ।
उहाँले करका दर घटाउँदै छुटेका व्यक्ति, सङ्घ संस्था र व्यापार, कलकारखानालाई करको दायरा भित्र ल्याएर राजस्व असुलीलाई पारदर्शी र जनमुखी बनाउने बताउनुभयो ।
बीरगंज महानगरपालिकाले शिक्षा, स्वास्थ्य, सञ्चार, भौतिक पूर्वाधार, कृषि सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको घोषणा समेत गर्नुभयो ।
नगर परिषद्को उद्घाटन सत्रमा बीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम ढकाल लगायत महानगरपालिकाका ३२ वडाका अध्यक्षहरू, बोर्ड सदस्यहरु, वडा सदस्यहरु, नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
उद्घाटन सत्र सम्पन्न भएसँगै बन्द सत्र समेत अपराह्न ३ बजेदेखि सुरु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ असार १०,शुक्रबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ असार १०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद