Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

विद्युत् आपूर्तिमा भइरहेको टिपिङ्ग समस्याप्रति गम्भीर रहेको – मन्त्री भुषाल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार ९,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बीरगंज । विगत केही दिनदेखि विद्युत् आपूर्तिमा भइरहेको टिपिङ्ग र नियमित आपूर्तिमा देखिएको समस्याप्रति ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषालले गम्भीर रहेको बताउनुभएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ताको नेतृत्वमा काठमाडौँ गएको टोलीसँगको भेटघाट तथा छलफलको क्रममा आज ऊर्जा मन्त्री भुषालले औद्योगिक फिडरहरुमा गुणस्तरीय विद्युत् नियमित विद्युत् आपूर्ति गर्न तथा तत्काल ट्रिपिङ्ग समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको बताउनुभयो ।

उहाँले नेपाल विद्युत् प्राधिकरणले पुराना ट्रान्सफर्मरहरूलाई मर्मत सम्भार गर्नुपर्ने, नयाँ ट्रान्सफर्मर जडान गर्नुपर्ने, विद्युत् लाइन नपुगेका स्थानमा विद्युत् प्रसारण गर्नुपर्ने भएकाले प्राधिकरणका समस्या प्रति मन्त्रालय र गम्भीर भएको समेत बताउनुभयो ।

सङ्घका अध्यक्ष डा। गुप्ताले विद्युत् उत्पादन र प्रभावकारी वितरण व्यवस्था नभएकोले मुलुकभर विद्युत् आपूर्तिमा समस्या आइरहेको बताउनुभयो ।

बारा–पर्सा औद्योगिक कोरिडोरमा विद्युत्को घोषित लोडसेडिङ हटे पनि नियमित विद्युत् आपूर्ति हुन नसकेको र प्राप्त विद्युत्को गुणस्तर कमजोर भएकोले औद्योगिक उत्पादनमा नकारात्मक प्रभाव परिरहेको उहाँले बताउनुभयो ।
यसैगरी वीरगञ्ज उद्योग वाणिज्य सङ्घको टोलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग पनि उहाँकै कार्यकक्षमा भेटघाट गरेको छ ।
भेटघाटको क्रममा कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले आन्तरिक स्रोत साधनबाट कार्य सञ्चालन गर्दै आइरहेको र नेपाल सरकारबाट पर्याप्त बजेट प्राप्त हुन नसकेकोले प्राधिकरणका परियोजनाहरू तीव्र गतिमा अघि बढ्न नसकेको बताउनुभयो ।
उहाँले प्राधिकरणबाट ५० अर्बको विद्युत् सम्बन्धी परियोजना बारा–पर्सा क्षेत्रमा नै भइरहेको बताउँदै हेटौँडामा रहेको ४५ के।भी।को ट्रान्सफर्मर बिग्रिराखेकोले सोको मर्मत सम्भारको कार्य भइरहेको र नयाँ ट्रान्सफर्मर थप्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
भेटघाटका क्रममा सङ्घका उपाध्यक्ष द्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव आशिष लाठ, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०७९ असार ९,बिहीबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०७९ असार ९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद